बर्ष आउँछन जान्छन ईतिहाश बन्छ,
कुनै कुनै त धेरैको लागी खाश बन्छ।
स्वागत छ हृदय देखुन नव बर्ष लाई,
मानिशहरु त प्राकृति को दाश बन्छ।
कति लाई रुवायो हाँशे होलान कती,
कतै दुःख र कतै सुःखको रास बन्छ।
जीव जन्तुहरु जन्मिन्छन मोर्छनपनि,
समया बिते र जाँदा काल पाश बन्छ।
दिन घटे पनि त स्वागत गर्छन मन्छेले,
मन भीत्र खुसिको केही त आश बन्छ।
हुँन त हो भनेकै जस्तो हुँदैन कैलेपनी
अनगिन्ति सपनाहरु सत्या नाश बन्छ।
जेजस्तै भयपनि नव बर्ष आउदा यँहा,
गाउँ सहरको माहोल हर्शोल्लाश बन्छ।
सुरेशकुमार पान्डे।