• होमपेज
  • समाचार
  • बझाङ्गमा विवाहको प्रलोभन देखाएर जबरजस्ती करणीको प्रयास गर्ने युवकविरूद्ध मुद्दा दर्ता

बझाङ्गमा विवाहको प्रलोभन देखाएर जबरजस्ती करणीको प्रयास गर्ने युवकविरूद्ध मुद्दा दर्ता

  • बिहिबार, चैत्र २६, २०७७
सेयर गर्नुहोस् :
बझाङ्गमा विवाहको प्रलोभन देखाएर जबरजस्ती करणीको प्रयास गर्ने युवकविरूद्ध मुद्दा दर्ता

बझाङ्गः बझाङ्गमा विवाहको प्रलोभन देखाएर बलात्कारको प्रयास गर्ने युवकविरूद्ध जिल्ला प्रहरी कार्यालय बझाङ्गमा मुद्दा दर्ता गरिएको छ।

केदारस्यु गाउँपालिका २ का १८ वर्षीय युवक जनक ओखेडाले १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै प्रहरीमा उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जनाएको छ।

किशोरीलाई विवाहको प्रलोभन देखाएर मामाको घरमा लगेर २ पटक जबरजस्ती करणी गर्न खोजेको भन्दै प्रहरी कार्यालयमा बुधबार मुद्दा दर्ता गरिएको हो।

जिल्ला प्रहरी कार्यालय बझाङ्गले भने जबरजस्ती गर्न खोज्ने युवक फरार रहेको बताउँदै उनको खोजी र घट्ना अनुसन्धान कार्य जारी रहेको जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार