
खिमाले घाँसको भारी बिसाई र भित्र दलानमा थचक्कै बसि।बन बाट घाँसलिएर आउँदा ज्यान लुथ्रुकै थाकेको थियो,उस्तै उस्लाई तिर्खा पनि खुबै लागेकोछ।आमा आएको देखेर छोरीले लोटामा मुई ल्याएर टकार्छे।उ पनि भर्खरै स्कुल बाट आएकी हो।भाईर हुरी बतास सँग सँगै पानी छिटा बिटा गर्नथाल्यो।
खिमाले मुही पिएर लोटा रित्ताई दिन्छे र नजिकै चारर्जमा लगिएको मोवाईल फोन हातमा लिएर खोल्छे।उस्को दृष्टी एउटा ब्याक्तिको स्टाईसमा पर्छ त्यसमा लेखिएको थियो
“अब फेरी क्रान्तीको नेतृत्व गर्छु मैले”त्यो पढेपछि उस्का आँखा बिस्तारै भित्तामा टाँगेको एउटा तस्विर माथि पुग्यो र त्यसैमा अट्टकियो।
त्यो उस्को दाईको तस्विर थियो जस्मा केहिदिन पहिलेको माला लगाईएको थियो जो सुका सकेको थ्यो।खिमाको त्यो एउटा मात्र दाई थियो।
हँश मुख बलियो र लडाकु लाखौमा एउटा लाग्थ्यो उस्लाई “मोटु’उस्ले दाई भन्दा मोटु भन्न रुचाउँथी।कति मायाँ थियो यि दुबै दाई र बैनाको बिचमा।
उस्का आँखा राता-राता हुँन्छन अनि बिस्तारै आँखा बाट आँसुका मोति जस्ता ढिका खस्छन।
त्यो तस्विर बाट उस्को दृष्टी हट्दैन”मोटु धेरै बलिया थिए,अनि मिहेनती पनि सानैमा आमा बा को निधन भयपछि उनिहरूले मिहेनत मज्दुरी गरेर गुजारा गर्दै आएका थिए।अलि बर्ष सानो छँदा दिदिका घरमा बसे पछि मोटुले काम गर्न थालेपछि आफ्नै घरमा फर्केका थिए।त्यो बेला देशमा माँओवादी जनयुद्ध चलेको थियो।धेरैलाई चिन्न गारै हुँन्थ्यो को माओवादी हो को हैन।
नजिकै बस्ने एकजना पातलो ज्यान भयको अंकल कैले कसो घरमा आउँने जाने गर्थे।उन्को कुरा अलि चिप्ला खालका हुँन्थे।अगाडिका दाँत बाहीर तिर निस्केका उनि बोल्दा पनि हाँसेको जस्तै देखिन्थे।मोटुलाई घरि घरि राम्रो गय्रा जस्तै गर्थे,बाबु तिमिता मेरा छोरा छोरी जस्तै हौँ भन्दै दिनौ दिन मिठा मिठा कुरा गर्थे।उन्लाई धेरैले अंकल भन्ने गर्थे।उनको घरमा को-को थिए खिमालाई थाहा थिएन।उन्को बारमबार मा उनिहरुले खासै सोध पुच्छ गर्दैनथे।खिमालाई उनि त्यति गतिला जस्तो लाग्दैन थ्यो तर मोटु भने उनैको तारिफ गर्ने गर्थ्यो।
पछि भुमिगत रुपमा मोटुलाई उनैले संगठित गरेका हुँन।क.हरी नाम गरेका त्यो ब्याक्तिलाई उनिहरुले अंकल भनेर संबोधन गर्थे।मोटुको नाम फुर्शे थियो पछि क.फुर्शद बाट चिनियो।
खिमालाई मोटुले केकाम गर्छ भन्ने जानकारी थिएन।बिस्तारै त्यँहा केहि युवाहरु आउँन थाले र राति त्यँही खाने र बासा बस्न थाले।उनिहरु आएपछि क.फुर्शदले बैनिलाई आफ्नो कोठामा वा कैहिले कसो नजिकैको घरमा बस्न पठाउँ थ्यो।राति कसैले न देख्ने गरि क.हरी अंकल पनि उस्का घरमा जान्थे।खिमाले यो कुरा कसै सँग भनिन मोटुले कसैलाई नभन्नु बैनी भनेर संझाउँथे।उस्लाई छिट्टै त्यो टिमको कमाण्डर चुनेछन।पछिका दिनहरुमा कमान्डर भनेर सम्बोधन गर्दा खिमाले थाहा पाएकी थिई।
यो गैङ्गमा राम्रा कुन नराम्रा कुन भन्ने बारे बुझ्न कठिन हुँन्थ्यो।कैले कसो खिमालाई पनि क्लासमा बस्न भन्थे तर खिमालाई उनिहरुको आफ्नो घरमा उपस्थित नराम्रो लाग्थ्यो। त्यसैले पछिका दिनहरुमा खिमा उनिहरुको कलाशमा बसिन।उ पनि सोह्र सतार बर्ष कि युवा थी।
एक दिन अचानक मोटु हरायो उस्ले घरमा पनि केहि भनेन तर केही आफुलाई काम्रेड भन्नेहरु दुई तिनजना मोटु सँग आर्को दिन साँझ पख आए।उनिहरु सँग रुपिया का गड्डि र केही बन्दुक पनि खिमाले देखेर जिब्रो टोकी ।उनिहरुले त्यस मध्यका केहि गड्डि बाट आपसमा बाँटे अनि भात मासु पकाएर खाए र त्यो राति त्यँही सुते।खिमा उठ्ने बेला उनिहरु घरमा थिएनन्।अंकल आएर मोटुलाई सोधे तर खिमालाई केहि नभनेकोले उस्ले अनभिज्ञा जाहिर गरी।अंकलले ब्याङ्यात्मक सैलीमा -तिमिलाई सबै थाहाछ तर तिमिले भन्दैनौँ!भने।होईन अंकल हजूरलाई किन ढाँटुला मैले मलाई साँचै भनेन् दाईले!भनेपछि उ हरी अंकल नबोली नबोली गन्तब्य तर्फ गयो।
यस्तो आँख मिचोलीको खेल केहि दिन सम्म चल्यो।खिमालाई केहो भन्ने भनकनै भैन किन भने मोटुले उस्लाई केहि भन्दैनथ्यो।उ पहिलेको जस्तो हँसमुख मिजासी देखिदैन थ्यो बरु अलि सिरिएश टाईपको भयको थियो।उस्ले अब यता उता जाँदा बन्दुक बोकेरै जान्थ्यो।उस्को ब्यबहारले खिमा पनि परिसान देखिन्थि उ मोटुलाई दाई के काम गर्नु हुँन्छ हजूरले भनेर सोध्थी तर मोटुले खिमा तिर हेरे खिसिक्क हाँस्दै कुरा अन्तै घुमाई दिन्थ्यो।
आखिर एकदिन प्युठानको कुनै चौरमा मोटु लाई पोलिशले घेरा हालेछन।त्यो दिन मोटु एक्लै थियो,पोलिसहरु सँग पुरै टिम थिए तर पनि उस्ले सक्या सम्म मुकाविला गरेर दिन भरी पोलिसहरुको सातो उडायो।पछि मोटुलाई एउटा गोली लाग्यो अनि उस्लाई पोलिसले घेरेर उसँग भयको रित्तो बन्दुक खोसेछन।अनि उस्लाई अमानबिय तरिका बाट पहिले आँखा फोरे अनि हात भाँचे त्यो क्रु-दमन गरेर उस्लाई बिस्तारै उस्को सरिरबाट मासु काटे त्यसरी त्यसको हत्या गरेकारैछन।
मोटु धेरै बलियो नौजवान थिए उन्ले कयौँ लडाई सफलता पुर्वक लडेका थिए।अहिले एक्कासि उ एक्लै कुनै कामले गएको बेला आकास्ममक हमला गरेर उस्लाई सिद्धाएका हुँन।
त्यो अंकल भन्निने क.हरीको बद्मासि हुँन सक्ने खिमालाई लाग्यो। तर लागेर के गर्ने उस्को खिलाफ को सँग सिकायत दर्ता गर्ने।आफ्नो दाजु मरेपछि अब उ अनाथ मात्र भैन बेसहारा र जिवन निर्वाहको लागि पनि ठुलो समस्या पय्रो।
“आमा..खाजा खान आउँनुस !छोरीले खाजा तैयार पारी सकेकी थि।खिमालाई छोरीको आवाजले झसिङ्ग पाय्रो।उस्का आँखा बाट अहिलेपनि आँसु बगेकै थियो।आमा के भयो हजूरलाई ,किन आँसु आएकाछन?छोरीले सोधिन।होईन त्यत्तिकै आँखामा केही परेको थियो पानिले धुन्छु भन्दै लोटाको पानीले मुख धुन्छीन।
आखिर बन्दुकको के दोश त्यो निर्जिब बस्तु अप्राधीको हातमा पुगे सोझा निर्दोशको हत्या गर्छन न्यायको हातमा पुगे अन्यायको हत्या गर्छन!उस्ले मनैमनमा त्यही सोँच्छे।अनि दोश यस्तै खाले नेताको त हुँन्छ जस्ले आफ्नो स्वार्थको लागि आर्काको जिवनलाई अन्धकारमा ढेकल्छन।अहिले पनि त्यो स्टाईसले मोटुहरु जन्माउँने र मार्ने नगर्ला भन्न सकिदैन।उस्ले मनैमनमा त्यही सोचिरहेकी छ।
