• होमपेज
  • समाचार
  • कञ्चनपुरमा फरुवा प्रहार गरी श्रीमानको हत्या

कञ्चनपुरमा फरुवा प्रहार गरी श्रीमानको हत्या

  • मङ्लबार, फाल्गुन ११, २०७७
कञ्चनपुरमा फरुवा प्रहार गरी श्रीमानको हत्या

कञ्चनपुर- कञ्चनपुरको बेलौरी नगरपालिका(६ भुरकोटकी एक महिलाले फरुवा प्रहार गरी आफ्नै श्रीमान हत्या गरेकी छन्।

आज बिहान २८ वर्षीया वसन्ती चौधरीले ३० वर्षीय आफ्ना श्रीमान ओमकुमार चौधरीको फरुवा प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले घरायसी विवादमा वसन्तीले फरुवा प्रहार गरेको भन्ने बुझिएको बताए। “बिहान ५ बजे घटनाबारे जानकारी पाएपछि प्रहरीको टोली पुगेको छ”, उनले भने, “फरुवा प्रहार गर्ने वसन्तीलाई नियन्त्रणमा लिइएको छ । टाउकोमा चोट लागेको अवस्थामा शव घरभित्रै फेला परेको छ।”

यसैबीच घरायसी विवादमा बुहारी र नातिले कुटपिट गर्दा घाइते भएका भीमदत्त नगरपालिका–२ का ७६ वर्षीय प्रेम थापाको उपचारका क्रममा मृत्यु भएको छ। कुटपिट गर्ने ३५ वर्षीया सीता थापा र उनका १८ वर्षीय छोरा अर्जुन थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। गत माघ २८ गते दुवै जनाले वृद्धमाथि कुटपिट गरेको प्रहरी नायब उपरीक्षक थापाले बताए। #दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार