भो म स्कुल जादैन आमा!नमिताले आमा सँग अनुनय बिनय गर्छ।किन त्यसो भन्छिउ नानु यति राम्रो पढाई हुँदा हुँदै!रम्मिले छोरी तिर हेर्दै भन्छिन।
मलाई बाटामा आवारा केटाहरुले चलाउँछन,गिजाउँछन।नमिताले मायुश भयर आफ्नो आमा सँग बिन्ति गर्छे।छोरी जसरी भयापनि जाउ बरु कोहो त्यो तिमिलाई चलाउँछ भने म तिम्रो बाबा लाई भन्छु।रम्मिले छोरीलाई दिलाशा दिन्छिन।कस-कस्लाई भनु मैले हिँजो आज कसैको भरनै छैन बाटोमा एउटा त हिड्दैन कयौँ बाटा हिँड्ने हुन्छन।जस्लेपनि कुनियतले नियालेकै हुन्छ नमिताले फेरी भन्छे।
नमिता अहिले भर्खर बाह्र क्लास पास गरी उस्को राम्रो नम्बरछ। आमा बा अनपढ भयपनि छोरीलाई जसरी भयपनि पढाउँने राम्रो शिक्षा हाशिल नगर्दै बिहेपनि नगर्ने जागेले भनेकाछन।उनि लाहुरे हुन छिमेकी मुलुकमा एउटा होटेलमा कुकको काम गर्छन।केही बर्ष रम्मि पनि जागे सँगै लाहुर बसेर फर्केकि हुँन।जागे र रम्मिको एउटा छोरी र एउटा छोरा भयपछि उनले परिवार नियोजन गराएका थिए।जसरी भयपनि छोरा र छोरीलाई उच्च शिक्षा सम्म पढाउँने दुबैको रहर छ।ति बच्चाकै लागि उनिहरु अहिले पनि अलग अलग बस्नु परेकोछ।
यता र उता गर्दा छोरा छोरीको पढाईमा असर पुग्ने भयको देखेपछि रम्मिलाई घरमा बच्चाहरु सँगै छाडेर आफु बिदेशमा गयका थिए।यँहा अहिले सम्म ठिक ठाकनै थियो तर अहिले अचानक नमितकाको कुरा शुन्दा रम्मीलाई कस्तो कस्तो अमिलो मन भयो।
स्कुलपनि त नजिक थिएन कम्तिमा आधा घन्टा पैदल हिँड्नु पर्दथ्यो।घर र स्कुलको बिचमा सामुदायक बन पर्ने भयकोले त्यो अलि शुनसान ईलाका जस्तो थियो।तर बाटो भने मोटरे भयकोले सवारी साधन और दौर गरिनै रहन्थ्यो।
गाउँ घरमा अहिले लगातार बलत्कारका घटनाहरु घटेको ले पनि रम्मिलाई छोरीको कुरा मुटुमा तिर जस्तै चुभेको थियो।तर के भन्ने स्कुल न जा भन्न पनि गारो थियो छोरीको भबिष्यको सवालहो।जा भन्दा पनि उस्तै समस्या आई परेकाछन।अहिले त जङ्गल राजझैँ भयकोछ।जागेले छोरीलाई छोरा सरहनै बराबर ब्यबहार गर्छ उस्को नजरमा छोरा र छोरी बराबर हुँन।तर सामाजिक रुपमा त छोरिलाई हेर्ने दृष्टीकोणनै बेग्लैछ।सानै देखि छोरीलाई र छोरालाई फरक नगरेको जागे र रम्मिले अहिले छोरी र छोरालाई छुट्टाउँने परिस्थिती श्रृजित भयको थियो।आफ्नै देशमा पनि अशुरक्षित परिवार भयको देख्दा जागेपनि बेचैन थियो।स्वदेश बाट निर्नतर घटनाहरुको समाचार आउँदा साथै रमम्मिले पनि छोरीले डर महेशुर्ष गरेको खबर सुनाएपछि त झनै चिन्तित भयो।
छोरी ठुलि भै सकेकि थिई शोह्र बर्ष पार गरेकी छोरी आमा बाको दृष्टीमा सानि भयपनि सामाजिक हेराईमा भने तरुनी भैसकेकि थिई।नमितालाई जम्बुरे नेताको भाई पर्नेले आउँदा जा्दा सदैभरी घुरेर हेर्थ्यो तर नमिताले ध्यान दिएकि थिईन।जम्बुरे नेता आफैपनि खराब मान्छे थियो तर उस्को भने खुबै चल्थ्यो।
जति बेला स्कुल को छुट्टि हुन्थ्यो त्यो जम्बुरे नेताको भाईले स्कुलको नजिकै एउटा दोकानमा बसेर नमितालाई नियाली राख्द थ्यो नमिताले देखेरपनि नदेखे जस्तै गरेर हिँड्थि।अहिलेपनि त्यो ब्यक्तिको बारेमा नभनेर हावामा तिर चलाएझैँ रमिताले तिरर चलाएकि थिई।नमितालाई थाहाछ त्यो ब्याक्तिको बारेमा घरमा भन्नेहो भने लडाई हुँनेछ।अरु त्यो गुण्डालाई जित्न सक्ने क्षामता नमिताको परिवारमा थिएन।सो उस्को बारेमा केहि नभनि मात्र आमलाई माहोलको बारेमा जानकारी गराउँन खोजी।
उस्का कुरा सुनेपछि आमाले बिस्तारै रमियताको खयाल राख्न थालेकि थिई।त्यो ब्याक्तिको नाम नलिएको त आमाले त्यसलाई केहि भनेपछि झग्डा होला भनेर केहि नभनेकी हुँनसक्छे भन्ने रम्मिले पनि अड्कल काडि। र
आफुले रमित्ताको कुरालाई मनमा बा्धेर राखिन र उस्को बारेमा यस्तो सोचेको को होला?भन्दै त्यसको पत्ता लगाउँन थालिन।
छोरी…
नमिता बिहाना स्कुल जाँदा र स्कूल बाट फर्केर आउँदा रम्मि लुकेर समुदायक बनमा बस्न थालि।यसको बारेमा नमितालाई पनि भनक थिएन।
रम्मि महिला भयपनि निडर र शंघर्ष शिल सामाजिक भावना भयकि जुझारु महिला थिईन।उनि देश बिदेशको समाजिक काममा जैले पनि अग्रिम पन्थिमा हुँन्थिन।सानामा एक्लै गोठ बसेकी बाघ भालु सँग पनि नडराउँने महिला हुँन।केहि बर्ष जागे सँग बिदेशमा बस्दा पनि उनि निडर बिदेश आउँने जाने गर्थिन।तर लेख्न पढ्न भने जागेले बिहे गरेपछि सिकाएको बाहेक अरु स्कुलको ढोका सम्म पनि पुगिनन्।
यति बेला उन्लाई छोरीको बारीमा चिन्ता थियो।छोरीको कुरा सुनेपछि उनि धेरै चिन्तित देखिन्थिन।उन्लाई त्यो ब्याक्तिको तलाश थियो जस्ले नमितालाई आउँदा जाँदा पछि लाग्छ।
नमिता तिमि स्कुल जाउ म एक पटक पल्लो गाउँमा पुगेर आउँनुछ भन्दै रम्मि निस्किन।जस्तै नमिता समुदायक बनको बाटो स्कुल जानको लागि हिँडिन त्यो नेताको भाई कुनियतले उस्को पछि लाग्यो।समुदायक बनमा पुग्दा बित्तिकै उस्ले नमितालाई रोक्न उस्को अगाडि ठिङ्गै उभियो उस्को हातमा एउटा चाकु पनि थियो।रम्मिले रुखको ओटलागेर यो दिश्य नियालि रहेकि थिई।उस्लाई आफ्नो छोरीमा पनि पुरा भरोशा थियो सिति मिति हरेश खानेछैन भन्ने।उनिहरुको ब्यबहार एकछिन रम्मिले लुकेर हेरी।दाई किन रोक्नु भयो त मलाई?नमिताले मिठो स्वरमा सम्मान पुर्वक दाई भनेर सोधी!उस्को नियत ठिक थिएन!तिमी राम्री लग्यौ नी मलाई त्यसैले रोकेको।हिँड माथि जङ्गल तिर भन्दै उस्ले नमिताको हात छोप्न थाल्यो।दाई के गरेको यो म हजूरको बैनि समान छैन र?नमिताले भन्दै उस्को हात हटाउँन थाली।उस्ले कसेर नमिताको हात छोप्यो।यो सिन लुकेर रम्मिले मात्रै देखेकी थिईन स्वम.त्यो नेताको भाई घलेको श्रीमिति पनि रम्मि सँगै थिई।जस्तै उस्ले नमितालाई जङ्गल तिर तान्न थाल्यो नमिताले फेरी आर्को पटक बिन्ति गरि तर घलेले चाकु निकालेर उस्लाई धम्काउँन थाल्यो।यो देखेपछि नमिताले
उस्लाई एक किक लगाएर भुईँमा पच्छारी यो भन्दा पहिले की त्यो सम्लिन्थ्यो रम्मि र उस्को श्रीमती समेत ठ्याक्कै आई पुगे।
नमिता लाई स्कुल तिर जान ईसारा गर्दै उस्लाई छोपेर उठाउँदै-तिमीलाई थोरै लाज भय अब बाट यो बाटामा हिँड्ने आफ्ना दिदि बैनीहरुको हिफाजत गर्नु यदी यँहा कसै सँग पनि कुनै घटना घट्यो भने हाम्रो निशानामा तिमि हुँनेछौँ!भन्दै चेतवानी दिदै छाडे।
घले सर्मिन्दा भयो हिँड सबै कुरा बिर्शेर भन्दै घलेको श्रीमिले उस्लाई घर लिएर जान्छिन।नमितालाई पनि अब यो बाटो हिँड्दा डर लाग्न छाड्यो।आफ्नो आत्म बल बलियो भयो।निडर भयपछि र घट्नाहरु आएपछि शंघर्ष गर्ने आँट पलाउँदो रैछ।अनि म कहिलेई पनि एक्लो हुँने रैनछुँ मेरी आमा स्वयम पनि मेरो हिफाजत गर्न म सँग सँग सगै हुँनु हुँदोरैछ भन्ने बिष्वाश उस्को मनमा बस्छ।र घलेलाई पनि अब यो ठाउँमा कसैलाई केहि भयो भने मेरैनाम आउँनेछ भनेर सचेत हुँदै हिँड्नु पर्ने भयकोछ।
(कथा काल्पनिकहो यसमा प्रयोग गरिएका नाम र स्थान कतै कसैको जिबन सँग मेल खान गयो भने मात्र सञ्जोग हुँनेछ।)