• होमपेज
  • बाजुरा बिशेष
  • बुढिगंगा नदिमा बेलिब्रिज निर्माण सम्पन्न

बुढिगंगा नदिमा बेलिब्रिज निर्माण सम्पन्न

  • बिहिबार, माघ २९, २०७७
बुढिगंगा नदिमा बेलिब्रिज निर्माण सम्पन्न

बाजुरा — बडिमालिका नगरपालिकाको साँफे मार्तडी सडक खण्ड अन्तर्गत जडाङ्गमा नदिमा बेलिब्रिज निर्माण कार्य सम्पन्न भएको छ । निर्माण कार्य सँगै बिहिवार बाट यातायात सञ्चालनमा गरिने भएकाे छ । साउन २५ गते देखी सदरमुुकाम मार्तडी सम्म बस सञ्चालनमा अबरोध भएको थियो । नदिमा बेलिब्रिज सञ्चालनमा आएपछि सदरमुुकाम मार्तडीमा बस ट्रक सञ्चालन हुने भएका छन् ।
सडक डिभिजन कार्यलय साँफेबगरले बेलिब्रिज ढुवानी देखि निर्माणका लागि १ करोड ८८ लाखको ठेक्का खोलेको थियो । ठेक्का M/s\ Mk\ Buliders and Construction Company Pvt. Ltd., Dhangadhif\, Kalialif ले पाएको थियो । माघ महिनाको मसान्त सम्म काम सम्पन्न गरीसक्ने योजना अनुसार काम सम्पन्न भएको साँफे मार्तडी सडक डिभिजन प्रमुख ललित खनालले वताएका छन् । कैलालीको गोदावरीमा मौज्जात रहेको बेलिब्रिजको सामान ढुवानी गरेर बुढिगंगा नदिमा बेलिब्रिज निर्माण गरिएको थियो । ठेक्का पाएका निर्माण ब्यवसाहि चक्र शाहले भने समयमै काम सम्पन्न गरेका छौ, काम चाडो गरेर यातायात सञ्चालन गर्नु हाम्रो दाहित्व रहेको उनले वताए ।
साउन २५ गते राति बुढिगंगा नदिमा आएको बाढिले बेलिब्रिज वगाएको थियो । नदिमा रहेको बेलिब्रिज बगाएपछि सदरमुकाम मार्तडी सम्मको सडक सम्पर्क बिच्छेद भएको थियो । पुरानै बगाएको ठाँउमा उपयुक्त ठाँउ हेरेर बेलिबिज्र निर्माण शुरु गरेको सडक डिभिजन कार्यलय साँफे बगरका ईन्जिनियर दमन बिष्टले वताएका छन् । बेलिब्रिज बगाँउदा सामान ढुवानी गर्न समस्या भएको थियो । बेलिब्रिजका लागि धेरै हारगुहार पछि बल्ल निर्माण भएर यातायात सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले वताएका छन् । साे बेलिबृजकाे बिहिबार एक कार्यक्रमका बिच उद्धघाटन गरिने भएकाे छ ।
साउन २५ को बाढिले बाजुरामा बाढिले बेलिब्रिज सँगै सडक लगायत बस्ति बगाएको थियो । बाढीपहिराले बाजुरानै क्षेदबिच्छेद बनाएको १ हप्ता पछि संघिय सरकारका गृह मन्त्रि राम बहादुर थापा, पुर्व मन्त्रि कर्ण थापा, संघिय सांसद लाल बहादुर थापा शुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्रिको टोलीले अनुगमन गरेको थियो । त्यसको केही समयमा शुदुरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्रि त्रिलोचन भट्ट सहितको टोलीले बाढीपहिरो अबस्थाको अध्यन गरेको थियो ।
संघिय सरकार र प्रदेश सरकारका उच्च ब्यक्तिहरुको भम्रणको बेला बेलिबिज्र बगाएको ठाँउमा चाडै बेलिबिज्र बनाउने आश्वासन दिएका थिए । तर प्रक्रियामा लिदा र ठेक्का खोल्नुपर्ने भएकाले अलि ढिला भएको सडक बिभागले वताएको छ । बेलिबिज्र बगाएको ठाँउमा नेपाली सेना, प्रहरी र स्थानियको सक्रियतामा काठेपुल हालेर खच्चर र मानिस आवतजावत गर्ने बनाएको थियो । सरकारका उच्च अधिकारी आएको बेला त चाडै निर्माण गर्छौ बेलिबिज्र भनेका हुन, तर अलि ढिला भएपनि बेलिब्रिज बन्ने भएपछि बाजुरा बासि खुशि भएको स्थानिय कालु नाथले वताएका छन् । २५ गते राति आाएको बाढिले बुढिगंगा नदिमा बेलिब्रिज सँगै झोलुङ्गे पुलहरु समेत वताएको थियो । नदि किनारमा रहेको खेतियोग्य जमिन र बस्ति बगाएको थियो ।

चर्चामा

सम्बन्धित समाचार