शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • मधेस प्रदेश
  • रौतहटको बौधिमाइ नगरपालिकामा फुलैफुलको शहर बनाउछौ :-नगर प्रमुख राजिव रन्जन यादव

रौतहटको बौधिमाइ नगरपालिकामा फुलैफुलको शहर बनाउछौ :-नगर प्रमुख राजिव रन्जन यादव

  • बुधबार, माघ २८, २०७७
रौतहटको बौधिमाइ नगरपालिकामा फुलैफुलको शहर बनाउछौ :-नगर प्रमुख राजिव रन्जन यादव

 मेवालाल यादव — रौतहटको बौधिमाई नगरपालिकामा पछिल्लो समय मुख्य शहरी क्षेत्रमा कोरोना नियन्त्रणकालागि चुनैती बनिरहेको मेयर राजिव रन्जन यादवले बताए ।

प्रदेश -२को राजधानी भएको पालिका त्यसमा पछिल्लो समय लकडाउन खुलेपछि कोरोना संक्रमितको संख्यामा निरन्तर बृद्धि हुनुले हामीलाई समस्या पर्दै गएको छ । हामीले कोरोना रोकथाम तथा न्यूनिकरणका लागि हाम्रो तर्फबाट सक्दो प्रयासहरु गरिरहेका छौँ, मेयर राजिव रन्जन यादवले भने ।

त्यस्तै संघियता कार्यान्वयनमा आएको तीन बर्षमा रौतहटको बौधिमाई नगरपालिकाले विकासका पूर्वाधारमा निकै ठूलो प्रगति हाँसिल गरेको उहाँको दाबी छ । उनले भने, “शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, कृषि, महिला शसक्तिकरण, पिछडिएका समुदाय लक्षित कार्यक्रममा हामीले सुधारको अवस्था सिर्जना गरेका छौँ ।”

कतिपय अवस्थामा संघिय तथा प्रदेशको कानुनसँग साझा अधिकारका विषयमा केहि मतभेद रहेको र त्यो व्यवहारीक रुपमा कानुनी अल्झनहरुलाई सुधारर्दै अघि बढ्नुको विकल्प नरहेको उनको तर्क छ ।

रौतहटको बौधिमाई नगरपालिकामा कर्मचरीसँग काम गर्न कत्तिको सहज छ भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ, “भाडाँ त एकै ठाउँमा भएपछि ठोकिन्छ, काम गर्दा केहि कुरामा मतभेद हुनसक्छ तर त्यसलाई छलफलका माध्यमबाट सुल्झाउँदै अगाडि बढ्न सकिन्छ, हाम्रो रौतहटको बौधिमाई नगरपालिकामा त्यस्तो काम गर्न असहज परिस्थिति सिर्जना हुने भन्ने छैन ।

त्यस्तै रौतहटको बौधिमाई नगरपालिकालाई फूलैफूलको शहर बनाउने लक्ष्यका साथ काम भइरहेको मेयर राजिव रन्जन यादव उर्फ राजु यादवले दाबी छ।

चर्चामा

सम्बन्धित समाचार