बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • खप्तड छेडेदह
  • खप्तड छेडेदह १ मा हावाहुरीबाट एक पसलमा क्षति

खप्तड छेडेदह १ मा हावाहुरीबाट एक पसलमा क्षति

  • बुधबार, बैशाख १६, २०८३
सेयर गर्नुहोस् :
खप्तड छेडेदह १ मा हावाहुरीबाट एक पसलमा क्षति

बाजुरा--खप्तड छेडेदह गाउँपालिका १ काट्यास्थित तलगाउँमा हावाहुरीबाट एक पसलमा क्षति भएको छ । मंगलबार साँझ तलगाउँ बस्ने बिरे रावलको पसल हावाहुरीले उडाएको हो ।

रावलको काठ र जस्तापाताले बनेको भुइतले पसल हावाहुरीले क्षति गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

पसलमा रहेका जुता चप्पल, कपडा र कपडा सिलाउने मेसिनमा क्षती भएको र अन्य मानविय क्षती केही नभएको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार