बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • खप्तड छेडेदह
  • हिमाली र खप्तड छेडेदहको मतगणना सकियो, कांग्रेस उम्मेद्धवार गिरिकाे अग्रता

हिमाली र खप्तड छेडेदहको मतगणना सकियो, कांग्रेस उम्मेद्धवार गिरिकाे अग्रता

  • शनिबार, फाल्गुन २३, २०८२
सेयर गर्नुहोस् :
हिमाली र खप्तड छेडेदहको मतगणना सकियो,  कांग्रेस उम्मेद्धवार  गिरिकाे अग्रता

बाजुरा — बाजुरा प्रतिनिधि सभा निर्वाचन अन्तर्गत हिमाली गाउँपालिका र खप्तड छेडेदह गाउँपालिकाको मतगणना सम्पन्न भएको छ। प्राप्त मत परिणाम अनुसार कुल ९ हजार २ सय ५३ मत खसेकोमध्ये १ सय ८१ मत बदर भएको छ।

मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार जनक राज गिरि (रुख) ले ४ हजार १ सय १५ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन्। नेकपा एमालेका उम्मेदवार लाल बहादुर थापा (सूर्य) ले २ हजार ७ सय ९ मत प्राप्त गरेका छन्।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापा (घण्टी) ले १ हजार ६ सय ४७ मत प्राप्त गर्दा प्रकाश शाह (तारा) ले ३ सय १२ मत प्राप्त गरेका छन्।अन्य क्षेत्रको मतगणना भने जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार