बिहिबार, असार २६, २०८२
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराको खप्तड छेडेदह र हिमाली गाउँपालिकाले पाए एम्बुलेन्स

बाजुराको खप्तड छेडेदह र हिमाली गाउँपालिकाले पाए एम्बुलेन्स

  • शनिबार, जेष्ठ ३२, २०८२
बाजुराको खप्तड छेडेदह र हिमाली गाउँपालिकाले पाए एम्बुलेन्स

बाजुरा—बाजुराका दुई गाउँपालिकाले एम्बुलेन्स पाएका छन् । खप्तड छेडेदह गाउँपालिका र हिमाली गाउँपालिकाले उपहार स्वरुप एम्बुलेन्स पाएका हुन् ।

शनिवार काठमाडौंमा एक औपचारिक कार्यकमविच नेपालस्थित भारतीय दूतावासले खप्तड छेडेदह गाउँपालिका र हिमाली गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको जनाएको छ । उक्त एम्बुलेन्स खप्तड छेडेदहकी उपाध्यक्ष बिशुदेवि नाथ र हिमालीका अध्यक्ष गोबिन्द मल्लले बुझेका हुन् ।

खप्तड छेडेदह गाउँपालिका उपाध्यक्ष बिशुदेवि नाथले नेपाल–भारत विकास साझेदारी अन्तर्गत एम्बुलेन्स उपलब्ध गराएको बताएकी छन् । गाउँपालिकामा जनताका लागि पहिलो प्राथमिकताका रुपमा रहेको एम्बुलेन्सका लागि लामो समयदेखिको पहलपछि अहिले उपलब्ध भएको उपाध्यक्ष नाथले बताइन् । त्यस्तै उनले काठमाडौं महानगरपालिकाले पनि गाउँपालिकालाई एम्बुलेन्स दिने प्रक्रियामै रहेको जानकारी दिइन् ।

त्यसैगरी, हिमाली गाउँपालिका अध्यक्ष गाेबिन्द मल्लले  लामाे समयकाे पहलपछि गाउँपालिकाले एम्बुलेन्स पाएकाे बताए ।  उनले पालिकाले यसअघि नै एक एम्बुलेन्स सञ्चालनमा समेत ल्याइसकेको बताए ।

चर्चामा

सम्बन्धित समाचार