• होमपेज
  • बडिमालिका
  • मार्तडीमा रहेकाे शीतभण्डारमा जडान गरिएका उपकरणहरुमा प्राबिधीक स्पेशीफिकेशन छैन

मार्तडीमा रहेकाे शीतभण्डारमा जडान गरिएका उपकरणहरुमा प्राबिधीक स्पेशीफिकेशन छैन

  • बिहिबार, जेष्ठ २, २०८२
मार्तडीमा रहेकाे शीतभण्डारमा जडान गरिएका उपकरणहरुमा प्राबिधीक स्पेशीफिकेशन छैन

बाजुरा– बडीमालिका नगरपालिकाको मार्तडीमा निर्माण गरिएको शीतभण्डारमा निर्माण गरिएका उपकरणमा बिज्ञबाट प्राबिधीक स्पेशीफिकेशन नभएकाे पाईएको छ । महालेखा परिक्षकको ६२ औँ प्रतिबेदन अनुसार कृषि निर्देशनालय डोटीले निर्माण गरेको सो शीतभण्डारमा जडान गरिएका उपकरण बिज्ञबाट प्राबिधीक स्पेशीफिकेशन नगरेको जनाएको छ ।No description available.

शीतभण्डार निर्माणका लागि पेश्की लिएको भए पनि निर्माण कार्य अधुरै रहेको सो प्रतिबेदनमा उल्लेख गरिएको छ । त्यसै गरि सुदुरपश्चिम सरकारबाट निर्माण गरिएका बिभिन्न जिल्लाका १९ ओटा शीतभण्डारहरु प्रयोगमा नआएको प्रतिबेदनमा उल्लेख गरिएको छ । यता साे सित भण्डार बडीमालिका नगरपालिकाम हस्तान्त्रण भइसकेकाे छ ।

२०७६ सालमा निर्माण कार्य सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएपनि ०८१ साउनमा संरचनाहरुको निर्माण कार्य सम्पन्न भएको कृषि निर्देशनालय डाेटीले जनाएकाे छ । बडीमालिका नगरपालिकाको १२ लाख १५ हजार ४७१ र कृषि विकास निर्देशनालय डोटीको ४१ लाख १९ हजार ९८४ रुपैयाँको लागतमा संरचनाहरु निर्माण गरिएको जनाएकाे छ ।

कृषि उपज केन्द्र तथा कोल्ड स्टोरका संरचनाहरु ०८१ मंसिर १ गते सुदूरपश्चिम प्रदेश कृषि भूमि तथा सहकारी मन्त्री बीरबहादुर थापाले एक कार्यक्रमका बिच उद्धघाटन गरेर बडीमालिका नगरपालिकालाई हस्तान्तरण गरिएको थियो । संरचना हस्तान्तरण पश्चात् पुष महिनामा पाँच वटा सटर भाडाका लागि नगरपालिकाले सूचना आव्हान गरेको थियो । १० जना व्यवसायीहरुले आवेदन दिएकोमा ५ जनाले माघ १ गतेबाट बस्ने गरि सम्झौता पनि भएको छ ।

यस बिषयमा बडीमालिका नगरपालिकाले भने केही निर्माण कार्य बाँकी रहेका कारण कृषि उपज केन्द्र सञ्चालनमा ढिलाई भएको बडिमालिका नगरपालिका कृषी साखा प्रमुख रमेश विकले बताएका छन । व्यवसायीहरुले सम्झौता गरेपनि घेरबार नहुँदा बस्न नमानेको र अहिले घेरबारका लागि टेण्डर भइसकेकाले जेठ १ गतेबाट सञ्चालनमा ल्याउने तयारी भइरहको उनले बताएका छन ।

यँहाका कृषकहरुले उत्पादन गरेका कृषिजन्य वस्तुहरु बिक्रीवितरण तथा भण्डारका लागि बनेका ती संरचनाहरु प्रयोगविहीन बनेका छन् । कृषि उपज केन्द्र सञ्चालनमा नआउँदा गाउँमा कृषकहरुले उत्पादन गरेका फलफुल, तरकारी, रैथाने बालीहरु पिठ्युँमा बोकेर मार्तडीका सडक पेटीमा बिक्री गर्नुपर्नै बाध्यता रहेको गुनासो गर्न थालेका छन् ।

चर्चामा

सम्बन्धित समाचार