• होमपेज
  • राजनीति
  • विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम प्रभावकारी बनाउन गौमुल ३ मा अभिमुखीकरण कार्यक्रम

विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम प्रभावकारी बनाउन गौमुल ३ मा अभिमुखीकरण कार्यक्रम

  • आइतवार, बैशाख २८, २०८२
विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम प्रभावकारी बनाउन गौमुल ३ मा अभिमुखीकरण कार्यक्रम

बाजुरा—बाजुराको गौमुल गाउँपालिका ३ मा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको प्रभावकारी कार्यान्वयन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । ३ नम्बर वडा कार्यालयको आयोजना र एकिकृत विकास समाज नेपाल (आइडीएस) को समन्वयमा एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तर्गतका क्रियाकलापहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न अभिमुखीकरण कार्यक्रम गरिएको छ । आइडीएसद्धारा पालिकामा सञ्चालित कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयनका लागि वडाका सरोकारवालाहरुलाई अभिमुखीकरण दिइएको जनाएको छ ।

आइडीएस पालिका प्राविधिक सहायक रुपा खड्काले अभिमुखीकरण कार्यक्रममा कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन, विद्यालयमा पोषण सप्ताह, भान्सा घर निर्माण, विद्यार्थीको स्वास्थ्य चेकजाँच लगायतका विषयमा छलफल भएको बताइन् । उनले आइडीएस र पालिकाको संयुक्त लगानीमा वडाहरुमा भान्सा घर निर्माण भइरहेका बताइन् । साथैं उनले सरोकारवालाहरुलाई जिम्मेवार बनाएर कार्यक्रमका क्रियाकलापहरुलाई प्रभावकारी बनाउन पालिकाका सबै वडामा अभिमुखीकरण कार्यक्रम गर्ने जानकारी दिएकी छन् ।

No description available.

No description available.

त्यस्तै अभिमुखीकरण कार्यक्रममा गौमुल ३ का वडा अध्यक्ष गोरख बहादुर बोहराले विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमले स्वास्थ्य तथा शिक्षा क्षेत्र गरेको योगदान महत्वपूर्ण रहेको बताए । उनले वडाका विद्यालयहरुमा सो कार्यक्रमहरु प्रभावकारी रहेको र थप प्रभावकारी बनाउन वडा सरकार प्रतिवद्ध रहेको बताए ।

वडा स्तरीय अभिमुखीकरण कार्यक्रममा वडाका ५ वटा विद्यालय प्रधानाध्यापक, फोकल शिक्षक, जनप्रतिनिधि, बाल क्लव लगायत ३३ जनाको सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार