बिहिबार, असार २६, २०८२
  • होमपेज
  • विचित्र संसार
  • चन्द्रमामा कहाँबाट आयो पानी ? वैज्ञानिकले गरे यस्तो खुलासा

चन्द्रमामा कहाँबाट आयो पानी ? वैज्ञानिकले गरे यस्तो खुलासा

  • सोमवार, बैशाख २२, २०८२
चन्द्रमामा कहाँबाट आयो पानी ? वैज्ञानिकले गरे यस्तो खुलासा

भारतको चन्द्रयान मिसनका बेला चन्द्रमामा पानी भएको पत्ता लागेको थियो । आखिर चन्द्रमामा पानी कहाँबाट आयो वा कसरी बन्यो होला ? यो प्रश्नको जवाफ अन्ततः प्राप्त भएको छ र यसले दशकौँदेखि चलिरहेको सबैभन्दा ठूलो अनुसन्धानलाई तार्किक निष्कर्षमा पूराएको छ । वैज्ञानिकको एक टोलीले चन्द्रमामा भेटिएको पानीको श्रोत पत्ता लगाएको छ ।

अमेरिकी अन्तरीक्ष संस्था नासाको नेतृत्वमा भएको अनुसन्धान टोलीका शोधकर्ताहरुले सूर्यबाट आउने प्रकाशत तथा सौर्यहावा नै चन्द्रमामा पानीको निर्माण हुनुको सबैभन्दा ठूलो श्रोत भएको पुष्टि गरेका छन् ।

वास्तवमा वैज्ञानिकहरुले सन् १९६० को दशकदेखि नै आँकलन गर्न सुरु गरेका थिए कि सूर्यबाट आउने चार्जयुक्त कणहरुले चन्द्रमामा रासायनिक प्रतिक्रियालाई सक्रिय बनाउन सक्दछन्, जसबाट पानीका अणु बन्दछन् । अनुसन्धानमा अहिलेसम्मकै सबैभन्दा यथार्थवादी प्रयोगशालाको सिमुलेसनमा उक्त सिद्धान्त सही प्रमाणित भएको छ ।

शोधकर्ताहरुका अनुसार सौर्य वायु, सूर्यबाट निस्कने उत्सर्जित हाई स्पीडयुक्त प्रोटोन (हाइड्रोजन न्युक्लियस) को एक निरन्तर प्रवाहले चन्द्रमाको वायुहीन सतहमा प्रतिघण्टा दश लाख माईलभन्दा अधिक गतिबाट बमबारी गरिरहेको हुन्छ ।

पृथ्वीको सतह चुम्बकीय क्षेत्र तथा वायुमण्डलबाट सुरक्षित छ तर चन्द्रमाको सतह चाहीँ प्रत्यक्ष रुपमा खुल्ला हुन्छ । जब उक्त प्रोटोनहरु चन्द्रमाको माटो अर्थात् रिगोलिथसँग ठक्कर खान्छन् तब त्यसले इलेक्ट्रोनहरुलाई समाउँछन् र हाइड्रोजन परमाणु बनाउँछन् । सो हाइड्रोजन परमाणु त्यसपछि चन्द्रमाका खनिजमा प्रचूर मात्रामा रहेका अक्सिजन परमाणुसँग बाँधिन्छ ।

यसबाट माटोमा केवल मिलिमिटर गहिराईमा हाइड्रोक्सिल र पानीको अणु बन्दछ । सो प्रक्रियालई पुष्टि गर्नका लागि नासाका वैज्ञानिकहरुले एउटा अनौठो प्रयोगशाला तयार पारे जसमा चन्द्रमाको खाली वातावरणमा अपोलो १७ मार्फत् लिइएको चन्द्रमाको माटोको नमूनामा प्रयोग गरियो ।

माटोमा रहेका कुनै पनि चिस्यान हटाउन नमूनाहरूलाई पहिले नै तताइएको थियो, जसले गर्दा बिना कुनै प्रदूषण परिणाम सुनिश्चित गर्न सकियो। नासाका वैज्ञानिकहरूको यो खोज उसको आर्टेमिस कार्यक्रमका लागि निकै महत्वपूर्ण छ, जसको उद्देश्य चन्द्रमामा मानिसको बसोबास स्थापन गर्नु हो।

चन्द्रमामा अधिकांश पानी स्थायी रूपमा छायाँ परेको खाडलहरूमा जमेको विश्वास गरिएको छ। तर यो खोजले देखाउँछ कि चन्द्रमामा पानी केवल बाँकी रहेको अवशेष होइन । सौर्य वायुसँगको सम्पर्कबाट निरन्तर त्यहाँ पानीको पुनः पूर्ति हुनसक्छ, जसले एक गतिशील चन्द्र जलचक्र बनाउँछ।

शोधकर्ता भन्छन् ‘यहाँ रोमाञ्चक कुरा के छ भने केवल चन्द्रमाको माटो र सूर्यबाट आउने एउटा आधारभूत तत्व-जसले सधैं हाइड्रोजन बाहिर निकालिरहन्छ — को सहायताले पानी बनाउन सकिने सम्भावना छ।’ एजेन्सीको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार