• होमपेज
  • समाज
  • बाजुराकाे बुढीगंगा नदिमा देवता आयो भनेर हाम फालेका नेपालीकाे डुबेर मृत्यु

बाजुराकाे बुढीगंगा नदिमा देवता आयो भनेर हाम फालेका नेपालीकाे डुबेर मृत्यु

  • शुक्रबार, बैशाख १२, २०८२
बाजुराकाे बुढीगंगा नदिमा देवता आयो भनेर हाम फालेका नेपालीकाे  डुबेर मृत्यु

बाजुरा– बुढीगंगा नदीमा डुबेर एकजनाको ज्यान गएको छ । विगत केही दिनदेखि पितृ कार्यका लागि मौरे त्रिवेणीधाम पुकारमा बसिरहेका खप्तड छेडेदह गाउँपालिका-५ डोगडीका २६ वर्षका गणेश नेपालीको बुढीगंगा नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दीलिप कुमार गिरीले बताएका छन् ।

त्रिवेणी नगरपालिका-८ मा रहेको धार्मिक स्थल त्रिवेणीधाममा उनीहरु पितृको कार्य गरिरहेका थिए । वर्ष ३२ की अञ्जली नेपालीले पितृ आए भनेर नदीमा हाम फालेको तर बुढीगंगा नदीले बगाएपछि उनलाई बचाउन गएका गणेश नेपालीको नदीमा डुबेर मृत्यु भएको हो । नदीमा गएर पुतली ल्याउछु भनेर देवता आएपछि अञ्जलीले हाम फालेको बुझिएको छ । वर्ष २७ को दीपक नेपाली र अञ्जली नेपाली गम्भीर घाइते भएकी छन् । उनीहरुकाे बयालपाटा अस्पतालमा उपचार भइरहेकाे छ ।

मृतक गणेशलाई अछामको बयालपाटा अस्पतालमा मृत घोषणा गरेको थियो । उनकाे शव पाेष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएकाे जनाएकाे छ ।

बाजुरामा देवी देवता र पितृका नामको अन्धविश्वासका कारण यसअघि दुई जना देवताका धामी कर्णाली नदीमा बेपत्ता भएका थिए ।

चर्चामा

सम्बन्धित समाचार