बिहिबार, असार ११, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथमा प्रधानमन्त्री प्रचण्ड भारत जाने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथमा प्रधानमन्त्री प्रचण्ड भारत जाने

  • बिहिबार, जेष्ठ २४, २०८१
सेयर गर्नुहोस् :
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथमा प्रधानमन्त्री प्रचण्ड भारत जाने

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा भारत जाने भएका छन् ।

मोदी तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री बन्दै छन् । भारतीय जनता पार्टी भाजपा नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन एनडीएले बहुमत ल्याएपछि उनी प्रधानमन्त्री बन्न लागेका हुन् ।

मोदीले शनिबार शपथ ग्रहण गर्ने तयारी छ । प्रधानमन्त्री दाहाललाई शपथ ग्रहणमा उपस्थित हुन निम्तो आइसकेकाले उनी शनिबार नै भारत जाने बालुवाटार स्रोतको भनाइ छ ।

मोदीले पहिलो कार्यकालको शपथ ग्रहण गर्दा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नयाँदिल्ली गएका थिए ।

चर्चामा

सम्बन्धित समाचार