सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • प्रदेश ७
  • कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका आजदेखि तीन दिन बन्द हुने

कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका आजदेखि तीन दिन बन्द हुने

  • मङ्लबार, बैशाख ४, २०८१
कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका आजदेखि तीन दिन बन्द हुने
गड्डाचौकी नाका

कञ्चनपुर— कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका आजदेखि तीन दिन बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालयले सोमबार एक सुचना जारी गरी भारतको उत्तराखण्ड प्रदेशसँग जोडिएका गड्डाचौकी र ब्रह्मदेव नाका बन्द हुने जानकारी दिएको छ।

उत्तराखण्ड चम्पावत जिल्लासँग जोडिएका दुई नाका मङ्गलबार साँझ सवा पाँच बजेदेखि बन्द हुने भएका हुन् । कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीका अनुसार भारतमा लोकसभा निर्वाचन हुने चम्पावत जिल्लाअन्तर्गत प्रथम चरणको मतदान हुने भएकाले नाका गरिँदै छ।

मङ्गलबार साँझ ५ः१५ बजेदेखि मतदान समाप्ति हुँदासम्म नेपाल–भारत सीमा नाका पूर्ण बन्द हुनेछन्। “स्वास्थ्य सेवाबाहेक अन्य पूर्ण रुपमा बन्द रहनेछन् ।” उनले भने “त्यसका लागि भारतको चम्पावतमा रहेको मजिष्टे«टले प्रशासन कार्यालयलाई पत्राचार गरेको छ।”

चर्चामा

सम्बन्धित समाचार