मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • धार्मिक
  • आज २०८० साल चैत २० गते मंगलबारको राशिफल

आज २०८० साल चैत २० गते मंगलबारको राशिफल

  • मङ्लबार, चैत्र २०, २०८०
आज २०८० साल चैत २० गते मंगलबारको राशिफल

आज २०८० साल चैत २० गते मंगलबार तदनुसार सन् २०२४ अप्रिल २ तारिख। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ।

मेष : मन खुशी हुनेछ। बन्धु र साथीबाट सहयोग मिल्नेछ। कामबाट सफलता मिल्नेछ। स्वास्थ्यमा लाभ हुनेछ। परिवारको साथ रहनेछ। परोपकारको अवसर मिल्नेछ।

वृष : प्रेम सम्बन्धमा खटपटी हुने जोखिम देखिन्छ। वैदेशिक क्षेत्रमा ठग सक्रिय भएकाले सचेत बन्नुपर्नेछ। लगानी भएका क्षेत्रको काम अगाडि बढ्नेछ। भूमि सम्बन्धी काममा फाइदा हुनेछ। शिक्षामा सम्मान प्राप्त हुनेछ।

मिथुन : सुखद् यात्रा गर्ने दिन छ। परिवारबाट खुशी मिल्नेछ। व्यापार र शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परीक्षा दिएको भए नतिजा आफ्नो पक्षमा आउने छ।

कर्कट : आदर्श व्यक्तिसँगको भेटले मन खुशी हुनेछ। स्वदेश तथा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयासबाट सफलता मिल्नेछ। खानपानको ख्याल गर्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : व्यापार व्यवसायमा फाइदा हुनेछ। लगानीका क्षेत्रमध्ये शिक्षामा प्रगति हुनेछ। कार्यसम्पादनमा तपाईंको अंक उच्च देखिने छ। प्रेम सम्बन्ध र परिवारमा खटपटी हुने जोखिम छ।

कन्या : मन अस्थिर हुँदा शान्ति नमिल्न सक्छ। शिक्षाबाट उत्साह बढ्नेछ। स्वदेशी लगानीमा सफलता मिल्नेछ। पारिवारिक र सामाजिक क्षेत्र सबल छ। आर्थिक क्षेत्रमा उन्नति हुनेछ।

तुला : यात्रा सफल बन्नेछ। खानापानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। ठूला कामको सुरुवात गर्नु राम्रो हुन्छ। आज परिवार र समाजले तपाईंको प्रशंसा गर्नेछन्।

वृश्चिक : रोकिएका काम गर्नुपर्ने दिन छ। मेहनतबाट मात्र सफलता हात लाग्नेछ। परिवारको सुझाव अनुसार अगाडि बढ्नु राम्रो हुन्छ। सामाजिक र आर्थिक काम विवादित छन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनु : सम्पत्ति आर्जन गर्ने नयाँ स्रोत भेटिने छ। लगानी गरेका क्षेत्रमा सफलता मिल्नेछ। समाज सेवा गर्ने अवसर आएको छ। मित्रबाट सहयोग मिल्नेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : अरुको काममा चासो नगर्नु राम्रो हुन्छ। एउटा कामका लागि दौडधुप धेरै गर्नुपर्ने हुनसक्छ। सामाजिक क्षेत्रमा विवाद हुनेछ। साथीबाटै असहयोग भए पनि परिवारबाट साथ र सहयोग मिल्नेछ। वैदेशिक क्षेत्रबाट फाइदा हुनेछ।

कुम्भ : शिक्षा क्षेत्रमा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ। नतिजा तपाईंको पक्षमा देखिनेछ। गुमेको सम्पत्ति प्राप्त हुनेछ। मित्रले सहयोग गर्नेछन्। परिवारबाट सहयोग हुनेछ।

मीन : सुन्दर बन्न मन लाग्नेछ। आम्दानी भन्दा खर्च बढ्नेछ। लगानी गरेको क्षेत्रमा उथलपुथल हुने खतरा देखिन्छ। दिन राम्रो नभएकाले सचेत भएर काम गर्नुपर्नेछ।

चर्चामा

सम्बन्धित समाचार