शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • रौतहटमा दिनानुदिन दुर्घटना बढ्दै, ट्राफिक प्रहरी राजस्व असुलीमा केन्द्रित

रौतहटमा दिनानुदिन दुर्घटना बढ्दै, ट्राफिक प्रहरी राजस्व असुलीमा केन्द्रित

  • बुधबार, चैत्र १४, २०८०
रौतहटमा दिनानुदिन  दुर्घटना बढ्दै, ट्राफिक प्रहरी राजस्व असुलीमा केन्द्रित

रौतहट– रौतहट जिल्लामा ट्राफिक व्यवस्था अवस्थित भएका कारण दिन प्रतिदिन घटना दुर्घटना बढ्दै गएको सर्वादितै छ । तर जिल्लाका ट्राफिक प्रहरीले राजस्व उठाउनमा सिमित रहेको देखिएको छ । आर्थिक वर्ष २०८० /०८१ मा मंसिर महिना सम्म ३०२ ओटा सवारी दुर्घटना हुदा २६ जना ज्यान गुमाएका छन् भने ४७२ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय गौर रौतहटको तथ्याङक रहेको छ । पौस महिना मात्र ४९ वटा सवारी दुर्घटना हुदा ८ जनाको ज्यान गएका छन भने ७० जना घाईते भएका छन् ।

जिल्लाको सदरमुकाम गौर, गरुडा, मौलापुर बंकुल, बमनहर, सुकदेव चौक, शिवनगर, कटहरिया, पिपरा चन्द्रपुर लगायतका ठुला बडा बजारमा अव्यवस्थित पार्किंग, विना सवारी चालक अनुमतिपत्रको ई रिक्सा, टेम्पु लगायत ट्राफिक प्रहरीको सेटीङ्गमा चलिरहेको छ । तर विभिन्न पर्व त्योहारको मौका छोपी ट्राफिक प्रहरीले मोटरसाइकल लगायतका सवारी समाती कार्यवाही गरी राजस्व उठाउनमा केन्द्रित रहेको देखिएको छ ।

आय दिन गौर चपुर सडक खण्ड, गौर गंगा पिपरा सडक खण्ड, बमनहर विरगंज सडक खण्डमा फितलो ट्राफिक व्यवस्थाका कारण घटना दुर्घटना भईरहनछ । प्रहरीको नियम अनुसार कहिले पनी नियमित चेकजाच, सवारी चलाउन संबंधित जनचेतनामुलक कार्यक्रम रौतहटमा कहिले पनी न दिखीएको तर एक्कासि राजस्व संकलनका लागी प्रहरीले पर्व त्योहारको मुखमा मात्र चेकजाच गरी सवारी पक्राउ गरी कार्यवाही गरेको जनगुनासो रहेको छ ।

हालैमा वितेको होली पर्वको अवसरमा जिल्ला प्रहरी कार्यालय गौरको गेट अगाडिनै भारतीय नंबरको सवारीले घटना दुर्घटना घटाउछन भने भन्दै सवारीहरु समाती कार्यवाही गरेको थियो । कागज पत्र हुदा हुदै पनी नपढेलेखेका पर्व त्योहारमा घर आएका नेपाली भाषा नबुझने बोल्न नसक्ने परदेशीहरु डराई धमकाई सवारी समाती कार्यवाही गरेको जन-मानसले आरोप समेत लगाएका छन् । तर पर्व समाप्त हुने वितिकै ट्राफिक प्रहरीको कुनै अतोपतो देखिएको छैन । नेपाल सरकारले सार्वजनिक गरेको राजस्व प्रगति विवरणका अनुसार ४३% राजस्व कम संकलन भएको डाटा सार्वजनिक भएको लगतै राजस्व संकलनमा ट्राफिक प्रहरी केन्द्रीत बनेको स्रोतले जनाएको छ ।

सवारी चलाउने जनचेतनामुलक कुनै किसिमको प्रचार प्रसार नदेखाएको कारण घटना दुर्घटना बढेकाे आम जनताको बुझाई रहेको बुझिएको छ । सवारीको कागज पत्र खोसी बेलुका आउन भनेर पठाईदिने र बेलुका आउदा कागज पत्र फेला नपरेको भन्दै चलान काटीदिने गरेको पिडितहरुले बताएका छन् ।

प्रहरी बरिस्ठ नायब निरिक्षक कमल नेपालीको मातहतका ट्राफिक प्रहरीहरुले आम जनतालाई साह्रै दुख दिएको बुझीएको छ । “साना लाई एन र ठूला लाई चैन” उखान जस्तै नेता पावर पहुच र चिनहजान भएको व्यक्तिलाई कुनै किसिमको रोकटोक नरहेको देखीएको छ ।

चर्चामा

सम्बन्धित समाचार