सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • समाज
  • कर्णाली पुलबाट हाम फाल्दा युवक बेपत्ता

कर्णाली पुलबाट हाम फाल्दा युवक बेपत्ता

  • मङ्लबार, चैत्र १३, २०८०
कर्णाली पुलबाट हाम फाल्दा युवक बेपत्ता

टीकापुर– कैलालीको चिसापानीस्थित कर्णाली नदीको पुलबाट १६ जनाभन्दा बढीले हामफाल्दा एक युवक बेपत्ता भएका छन्।

लम्कीचुहा नगरपालिका-३ चिसापानीका ३० वर्षीय लोकेन्द्र शाही कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका हुन्। नदीमा हाम फाल्नुको कारण भने खुलेको छैन। तर बेपत्ता शाहीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कर्णालीको पुलबाट युवाहरूले लगातार नदीमा हाम फालेका थिए। तीमध्ये अन्य सकुशल फिर्ता भए पनि एक जना भने अझै बेपत्ता छन्।

चर्चामा

सम्बन्धित समाचार