बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका डिएसपी बोहराको सरुवा, दिलीप गिरी आउँदै

बाजुराका डिएसपी बोहराको सरुवा, दिलीप गिरी आउँदै

  • बिहिबार, चैत्र ८, २०८०
बाजुराका डिएसपी बोहराको सरुवा, दिलीप गिरी आउँदै

बाजुरा —जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक (डिएसपी) कबिन्द्रसिंह बोहराको सरुवा भएको छ । बाजुरामा एक बर्षको समय बिताउँदै बोहराको जिल्ला प्रहरी कार्यालय कैलालीमा सरुवा भएको हो । डिएसपी बोहरा गत बर्षको माघ २५ गते बाजुरामा आएका थिए ।

No description available.
त्यस्तै डिएसपी बोहराको सरुवा भएसँगै बाजुराको प्रहरी नायव निरीक्षकमा दिलीप गिरी आउने भएका छन् । गिरी जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट सरुवा भएर बाजुरा आउन लागेका हुन् । प्रहरी प्रधान कार्यालयले बुधबार एकैसाथ १ सय ४१ प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार