शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • देश
  • विभिन्न मुद्दामा फरार ६ जना कसुरदार पक्राउ

विभिन्न मुद्दामा फरार ६ जना कसुरदार पक्राउ

  • बुधबार, चैत्र ७, २०८०
विभिन्न मुद्दामा फरार ६ जना कसुरदार पक्राउ

बुटवल — जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विभिन्न मुद्दाका ६ जना फरार कसुरदारलाई पक्राउ गरेको छ। जिल्ला अदालत रुपन्देहीबाट विभिन्न मितिको फैसलामा कैद तथा जरिवाना तोकिएका फरार व्यक्तिहरूलाई पक्राउ गरेर कैद तथा जरिवाना भुक्तानका लागि पेश गरिएको छ।

सवारी ज्यान मुद्दामा फैसला भएका बुटवल उपमहानगरपालिका–४ का रामप्रसाद नेपाली, रोहिणी गाउँपालिका–२ का आजाद खाँ, ज्यान मार्ने उद्योग मुद्दामा बुटवल उपमहानगरपालिका–७ का विष्णु गुरुङ, सिद्धार्थ नगरनगरपालिका–११ का बिरेन्द्र यादव, अपहरण/बन्धक मुद्दामा रोहिणी गाउँपालिका–२ का अफाक खान र जवरजस्ती करणी मुद्दामा सिद्धार्थनगर नगरपालिका–११ का राम मिलन यादव पक्राउ परेका छन्।

पक्राउ परेका सबैलाई कैद सजाय भुक्तानका लागि मंगलवार जिल्ला अदालत रुपन्देहीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए। उनीहरूलाई इलाका प्रहरी कार्यालय बुटवल, वडा प्रहरी कार्यालय बुटवल, प्रहरीचौकी मैनिहवा र मेडिहवाबाट खटेको प्रहरी टोलीले पक्राउ गरेको हो।

चर्चामा

सम्बन्धित समाचार