• होमपेज
  • समाज
  • भारतीय कारको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु

भारतीय कारको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु

  • शनिबार, फाल्गुन १२, २०८०
भारतीय कारको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु

टीकापुर— कैलालीमा भारतीय नम्बरको कारले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं २ मोतिपुर चोकस्थित राजमार्गमा टीएस ०८ जीबी ६५३७ भारतीय नम्बरको कारको ठक्करबाट साइकल यात्री लम्कीचुहा नगरपालिका वडा नं १ बस्ने ६० वर्षीय कुलचन्द्र जोशीको शुक्रबार राति मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएका उनको लालरत्न अस्पताल लम्की हुँदै टीकापुर अस्पताल टीकापुरमा उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

उक्त कारले अन्य थप दुई जनालाई लम्कीचुहा नगरपालिका-६ मा ठक्कर दिएर घाइते बनाएर भागेको थियो। घाइते हुनेमा ५० वर्षीय ठग्गु चौधरी र ५५ वर्षीय मनिराम चौधरी रहेका छन्। मनिरामको अवस्था गम्भीर रहेकाले प्रहरीले जनाएको छ। दुवै घाइतेहरुको कोहलपुरमा उपचार भइरहेको छ।

चर्चामा

सम्बन्धित समाचार