मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • आज मौसमको अवस्था कस्तो छ ?

आज मौसमको अवस्था कस्तो छ ?

  • बिहिबार, माघ २५, २०८०
आज मौसमको अवस्था कस्तो छ ?

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । अहिले लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहेको छ ।

तराई–मधेशका केही स्थानमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ । आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज सूर्योदय बिहान ६ बजेर ४७ मिनेट र सूर्यास्त साँझ ५ बजेर ४९ मिनेटमा हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार