बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • राजनीति
  • धनगढी उपमहानगरका मेयर हमालले राष्ट्रिय सभा सदस्यमा मतदान नगर्ने

धनगढी उपमहानगरका मेयर हमालले राष्ट्रिय सभा सदस्यमा मतदान नगर्ने

  • बिहिबार, माघ ११, २०८०
धनगढी उपमहानगरका मेयर  हमालले राष्ट्रिय सभा सदस्यमा मतदान नगर्ने

धनगढी— कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले राष्ट्रिय सभा सदस्यको मतदान गर्ने भएका छन्। नगर प्रमुख हमालले बिहिवार जारी राष्ट्रिय सभा सदस्यको मतदानमा सहभागिता नजनाउने बताएका हुन्।

राष्ट्रिय सभा सदस्यका लागि सुदूरपश्चिम प्रदेश सभा सचिवालयको परिसरमा मतदान जारी रहेको छ। अहिलेसम्म स्थानीय तहका एक सय ७३ जनाले मतदान गरेका छन। दुई जनाले मतदान गर्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ। प्रदेश सभाका भने ५२ जनाले नै मतदान गरेका छन्। प्रदेश सभामा ५३ जना सदस्य रहेकोमा एक जनाको मृत्यु भएको थियो।

स्थानीय तहमा १७५ जनामा १७३ जनाले मतदान गरेका छन्। सुदूरपश्चिमबाट राष्ट्रिय सभाको तीन सदस्यका लागि ६ जना चुनावी मैदानमा रहेका छन्।

गठबन्धनको तर्फबाट अन्यबाट नेपाली काँग्रेसका बलदेव बोहरा, अपाङ्ग तथा अल्पसङ्ख्यक कलस्टरमा काँग्रेसकै नारायणदत्त भट्ट र महिला कलस्टरमा माओवादीबाट रेणु चन्द उम्मेदवार छिन् ।

एमालेले भने, अन्यतर्फ ईश्वरी खरेल, महिलातर्फ सावित्री घिमिरे र अपाङ्गतातर्फ रामचन्द्र जोशी उम्मेदवार छन्।

चर्चामा

सम्बन्धित समाचार