बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • समाज
  • खप्तड छेडेदह ४ मा पशु स्वास्थ्य शिविर सम्पन्न, २ हजारबढिको उपचार

खप्तड छेडेदह ४ मा पशु स्वास्थ्य शिविर सम्पन्न, २ हजारबढिको उपचार

  • बिहिबार, माघ ११, २०८०
खप्तड छेडेदह ४ मा पशु स्वास्थ्य शिविर सम्पन्न, २ हजारबढिको उपचार

टेक बहादुर बुढा —बाजुराको खप्तड छेडेदह गाउँपालिका ४ मा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । वडा नंः ४ को आयोजना र पशु सेवा शाखा खप्तड छेडेदह गाउँपालिका र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्तडी बाजुराको समन्वयमा सञ्चालन गरिएको एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

पशुपालक किसानहरुको व्यवसाय प्रवद्र्धनमा केहि सहयोग पुगोस् भन्ने उदेश्यका साथ वडा कार्यालयको आर्थिक सहयोगमा निःशुल्क पशु स्वास्थ्य उपचार शिविर सञ्चालन गरिएको वडा अध्यक्ष दल बहादुर धामीले बताएका छन ।

उक्त निःशुल्क पशु स्वास्थ्य शिविरमा २ हजार १ सय १६ को उपचार गरिएको पशु सेवा शाखा खप्तड छेडेदह गाउँपालिकाका प्रमुख चक्र बहादुर थापाले बताएका छन । शिविरमा १ हजार एक सय ६५ बाख्राको उपचार गरिएको छ भने ६ सय ४ गाईगोरु, २ सय ८२ भैंसी र ६५ कुखुराको उपचार गरिएको पशु सेवा शाखा प्रमुख थापाले बडिमालिका खबरलाई बताए ।

गाउँमै निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन हुँदा गाउँमै उपचार गर्न पाएपछि त्याँहाका किसानहरु खुसी भएका छन ।

खप्तड छेडेदह गाउँपालिका ४ का वडा अध्यक्ष दल बहादुर धामीको अध्यक्षतामा सञ्चालन भएको शिविरमा भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रका डाक्टर बिकल गौतम प्रमुख अथिति रहेको थिए ।

त्यस्तै अथितिमा खप्तड छेडेदह गाउँपालिका पशु सेवा शाखा प्रमुख चक्र बहादुर थापा, अन्य कर्मचारी, वडा सदस्य लगायतको सहभागिता रहेको थियो ।

No description available.

चर्चामा

सम्बन्धित समाचार