• होमपेज
  • समाचार
  • बीपी प्रतिष्ठानमा कर्मचारी नियुक्ति र बढुवा नगर्न उच्च अदालतको आदेश

बीपी प्रतिष्ठानमा कर्मचारी नियुक्ति र बढुवा नगर्न उच्च अदालतको आदेश

  • बुधबार, माघ १०, २०८०
बीपी प्रतिष्ठानमा कर्मचारी नियुक्ति र बढुवा नगर्न उच्च अदालतको आदेश

विराटनगर– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लोक सेवा आयोगको सहभागिता बिना कर्मचारी नियुक्ति तथा स्वत बढुवा नगर्न उच्च अदालत विराटनगरले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश गणेशप्रसाद बरालको एक इजलासले निवेदक सञ्जय कुमार मेहता र प्रतिष्ठानका प्रतिनिधिलाई छलफलमा बोलाउँदै उक्त आदेश जारी गरेको हो। अदालतले माघ १७ गतेलाई पेशी तोकी दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

प्रतिष्ठानका केही कर्मचारीहरूले बढुवा प्रक्रिया अगाडि बढाउनु पर्ने लगायतका माग राख्दै लामो समयदेखि आन्दोलन गर्दै आइरहेका छन् । सोही अनुसार मेहताले अदालतमा मुद्दा हालेका थिए ।

चर्चामा

सम्बन्धित समाचार