सोमवार, फाल्गुन २१, २०८०
  • होमपेज
  • समाचार
  • धनगढी उपमहानगरका मेयर हमालको घरमा कालो झन्डा

धनगढी उपमहानगरका मेयर हमालको घरमा कालो झन्डा

  • बुधबार, माघ १०, २०८०
धनगढी उपमहानगरका मेयर हमालको घरमा कालो झन्डा

धनगढी— धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको घरमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले कालो ब्यानर टाँसेको छ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले बुधवार मेयर हमालको घरमा कालो ब्यानर र झन्डा टाँसेको हो ।

सोमवार धनगढीमा पत्रकार सम्मेलन गरेको क्रान्तिकारी युवा सङ्गठनले मेयर हमालको घरमा कालो ब्यानर र झन्डा टाँस्ने चेतावनी दिएको थियो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बाजुरा इन्चार्ज केशव उपाध्यायले उपमहानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका विषयमा सम्बोधनका लागि हुलाकमार्फत अल्टिमेटम पठाउँदा समेत समाधानतर्फ ध्यान नदिएको भन्दै चेतावनी दिएका थिए ।

चर्चामा

सम्बन्धित समाचार