शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • राजनीति
  • माघ १३ देखि २६ सम्म समुदायमा काँग्रेस अभियान संचालन गर्ने

माघ १३ देखि २६ सम्म समुदायमा काँग्रेस अभियान संचालन गर्ने

  • सोमवार, माघ ८, २०८०
माघ १३ देखि २६ सम्म समुदायमा काँग्रेस अभियान संचालन गर्ने

बाजुरा– नेपाली काँग्रेसले समुदायमा काँग्रेस अभियान संचालन गर्ने भएको छ । नेपाली काँग्रेसको केन्द्रिय परिपत्र अनुसार नेपाली काँग्रेस बाजुराले पनि यहि माघ १३ गतेदेखि २६ गतेसम्म समुदायमा काँग्रेस अभियान संचालन गर्ने भएको नेपाली काँग्रेस बाजुराले जनाएको छ ।

समुदायका नागरिकका समस्या, गुनासा र जनप्रतिनिधिका क्रियाकलाप, शुसासनको अवस्थाका बारेमा जानकारी लिनका लागि समुदायमा काँग्रेस अभियान संचालन गर्न लागिएको र त्यसका लागि बाजुराका ६९ वटै वडामा नेपाली काँग्रेसका प्रतिनिधि खटाइएको नेपाली काँग्रेस बाजुराका पार्टी सभापती रामसिंह रावलले बताए ।

उनका अनुसार अब पार्टीले औपचारिक कार्यक्रममा मात्रै संचालन गरेर जनताका गुनासा सुन्न र कार्यान्वयनका लागि पहल गर्न नसकिने भएकाल समुदायमै गएर काँग्रेसले विभिन्न कार्यक्रम गरी नागरिकका गुनासा सुन्ने सुन्ने छन। अभियानका लागि नेपाली काँग्रेस बाजुराकाले प्रत्येक पालिकाका नेता तथा कार्यकर्तालाई आ आफ्नो पालिकामा खटाएको छ भने माघ २६ बाट नेता तथा कार्यकर्तालाले सुमदायमा काँग्रेस अभियान संचालन गर्नेछन् ।

No description available.

No description available.

No description available.

 

चर्चामा

सम्बन्धित समाचार