सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • प्रदेश ७
  • धनगढीको तापक्रम साढे ५ डिग्री मापन

धनगढीको तापक्रम साढे ५ डिग्री मापन

  • बिहिबार, माघ ४, २०८०
धनगढीको तापक्रम साढे ५ डिग्री मापन

धनगढी– कैलालीको धनगढीमा बुधबार (आज) यो वर्षकै सबैभन्दा बढी चिसो भएको छ। जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय अत्तरियाले बुधवार धनगढीको न्युनतम तापक्रम ५ दशमलव ६ डिग्री मापन गरिएको जनाएको छ।

जुन यो वर्षको हालसम्मकै कम हो। फिल्ड कार्यालयका मौसम विज्ञान सहायक सिंगल चौधरीका अन’सार आज यो वर्षकै सबैभन्दा कम तापक्रम रहेको पाइएको छ।

चौधरीले अधिकतम तापक्रम पनि अहिलेसम्मकै सबैभन्दा कम ११ दशमलव ७ डिग्री मापन भएको बताए। धनगढीसहित कैलालीमा अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित भएको छ।

चर्चामा

सम्बन्धित समाचार