शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • राजनीति
  • राष्ट्रियसभा निर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन

राष्ट्रियसभा निर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन

  • शुक्रबार, पुस २७, २०८०
राष्ट्रियसभा निर्वाचन :  आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन

काठमाडौं  —निर्वाचन आयोगले आगामी माघ ११ हुने राष्ट्रियसभा निर्वाचनअन्तर्गत मनोनयन दर्ता गराएका उम्मेदवारहरूको अन्तिम नामावली आज प्रकाशन गर्दैछ।

राष्ट्रियसभाका रिक्त १९ पदका लागि पुस २३ गते ८ वटा राजनीतिक दलका ५२ जना उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन्। निर्वाचन आयोगका अनुसार आज उम्मेदवारहरूले नाम फिर्ता लिन समय तोकेको छ।

सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ ५,अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २१ उम्मेदवारी दर्ता भएको हो। एक जना राष्ट्रपतिबाट मनोनयन हुनेछन्।

सत्तारुढ गठबन्धनबाट कांग्रेसका १०, माओवादीका ६, एकीकृत समाजवादीका २, जसपाका १ उम्मेदवार छन्। कांग्रेसका १० मध्ये महिला २, पुरुष ८ जना छन्। जसमा खस आर्य ८, जनजाति १, दलित १ जना छन्। मधेसी, मुस्लिम, थारु प्रतिनिधित्व छैन। माओवादीका ६ जनामा महिला ३ र पुरुष ३ छन्। मधेसी, आदिवासी जनजाति, मुस्लिम, थारु समुदायबाट उम्मेदवार छैनन्। खसआर्य ५ र दलित १ जना छन्। एकीकृत समाजवादीका दुईमध्ये १ दलित र १ खसआर्य समुदायबाट उम्मेदवार छन्। पुरुष र महिलाका हिसाबले १/१ जना छन्।

एमालेका १९ उम्मेदवारमध्ये महिला ८, पुरुष ११ जना छन्। जसमध्ये मधेसी २, दलित २, जनजाति १, खसआर्य १८ छन्। थारु र मुस्लिम छैनन्। राप्रपाका ९ जनामध्ये पुरुष ६ र महिला ३ जना छन्। यीमध्ये दलित १, जनजाति ३, खसआर्य ५ जना छन्। मुस्लिम,थारु छैनन्।

माघ ११ गते बिहान नौ बजेबाट अपराह्न ३ बजेसम्म मतदान हुनेछ।

चर्चामा

सम्बन्धित समाचार