सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • खाद्य अधिकार संजाल बाजुराले बुझायो प्रमुख जिल्ला अधिकारी पौडेललाई ७ बुदेँ ज्ञापन पत्र

खाद्य अधिकार संजाल बाजुराले बुझायो प्रमुख जिल्ला अधिकारी पौडेललाई ७ बुदेँ ज्ञापन पत्र

  • बुधबार, पुस ११, २०८०
खाद्य अधिकार संजाल बाजुराले बुझायो प्रमुख जिल्ला अधिकारी पौडेललाई ७ बुदेँ ज्ञापन पत्र

बाजुरा– जिल्ला खाद्य अधिकार संजाल बाजुराले प्रमुख जिल्ला अधिकारीलाई ७ बुदेँ ज्ञापन पत्र  बुझाउनुका साथै जिल्लाकाे खाध्य अधिकार र  समसामुहिक बिषयमा छलफल गरकाे छ । बुधबार जिल्लाको समसामयिक सवालहरुको तत्काल सुनुवाई गर्न र जनताको जीवन रक्षाको माग गर्दै जिल्ला खाद्य संजाल बाजुराले प्रमुख जिल्ला अधिकारी संग छलफल गर्नुका साथै  ज्ञापन पत्र बुझाएका हो ।
.स्वामिकार्तिक खापर गाउँपालिका १ रुडी र छुद्धरी बस्ती पहिरोका कारण जोखिमपुणर् रहेको लामो समय बितिसक्दा पनि त्यहाको वस्तीको पुनस्थापना हुन नसकेको भन्दै सम्वधित निकायमा आवश्यक पहलका लागि गर्न ज्ञापन पत्रमार्फत माग गरिएको जिल्ला खाद्य अधिकार संजाल बाजुराका अध्यक्ष लक्ष्मीराज पाध्यायले बताएका छन ।
त्यसै गरि स्वामिकार्तिक खापर गाउँपालिकाको मुक्तीकोटमा कुपोषणको कहरका कारण बर्षेनी दर्जनौ बालबालिका ग्रसित भएकोे तथ्याङ रहेको भए पनि राज्यले सो क्षेत्रमा कुपोषण न्युनिकरणमा ध्यान नदिएकाले तत्काल आवश्यक पहल गरिदिन माग गरिएको खाद्य अधिकार संजाल बाजुरा अध्यक्ष पाध्यायले बताए ।
त्यस्तै जिल्लाका बिभिन्न बजारहरुमा म्याद गुर्जेका खाद्य तथा दैनिक उपभोग्य वस्तुहरुको प्रयोग वन्द गर्न दशै तिहारमा मात्रै बजार अनुगमनलाई सधै निरन्तरता दिनुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
जिल्लामा सवारी भाडादरका बिषयमा जिल्ला प्रशासन कार्यालय बाजुराले पटक पटक भाडादर कायम गर्ने तर कार्यान्वय नहुने गरेकोले यसमा पहल कदमीका लागि जोडदार माग गरेको खाद्य अधिकार संजालका सचिव सन्तोष विकले बताए ।
त्यस्तै मार्तडी कोल्टी सडक तथा बिभिन्न ग्रामिण क्षेत्रका सडकहरु स्तरोन्नती नहुँदा नागरिक महगीको मारमा परेकाले सो सडकलाई यथोचित स्तरोन्नती गराउनुका साथै बुढिगंगा नदिमा रहेको बेलीबृज अर्को ठाउँमा सार्ने निणय भएकोले सार्ने भनिएको ठाउँमा तत्काल बेलिबृज सार्न ज्ञापन पत्र मार्फत प्रमुख जिल्ला अधिकारी पौडेललाई माग गरेको छ ।
जिल्लाको खाद्य ब्यापार कम्पनी देखी अन्य डिपोहरुमा अहिले सम्म पनि चामल नआईसकेको अवस्था रहेकोले नागरिक बजारको महगो चामल किनेर खान बाध्य भएका ज्ञापन पत्रमा बताइएको छ । बुढिनन्दा नगरपालिकाको दानसाघु खोलाले ३ बर्ष अगाडी अबिरल बर्षासंगै आएको बाढिले दैयाँ सिचाई कुलो लगायतका अन्य सिचाई कुलो बगाएर खेत बाझीन थालेको कुरा स्थानिय सरकारसंग पटक पटक माग गर्दा पनि सुनुवाई नभएकोले सो ठाउँमा सिचाई कुलोहरु निर्माण तथा मर्मतका लागि स्थानिय, प्रदेश र संघिय सरकारसंग पहलका लागि माग गरिएको खाद्य अधिकार संजाल बाजुराले जनाएको छ ।
छलफलकाे क्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले संजालले गरेका मागहरु राम्रो रहेको र यस बिषयमा यस अघिदेखी यस बिषयमा चासोका साथ हेरीएको बताए । मुक्तीकोटको समस्यालाई मातहत निकायसम्म पुर्याउन फहले गर्ने प्रमुृख जिल्ला अधिकारी पौडेलले बताए । त्यसै गरी सडकहरुको बिषयमा पटक पटक छलफल भएको र स्तोरन्तीका लागि पहल भईरहेको बताएका छन ।

एक साता अगाडी आफै मुक्तीकाेट पुगेकाेले त्यहाँकाे बस्ती  नै स्तानान्तरण गर्न आवस्यक रहेकाे बताए । त्यसका लागि जिल्ला प्रशासनले गर्नेपर्ने कार्यमा तदारुकतताका साथ लागिपर्ने बताए । जिल्लामा खाध्यान्नकाे अबस्थालाइ पटक पटक  खाध्य ब्यापार कम्पनी संग सम्बाद गरेकाे र पहिलाे प्राथमिकता बाजुरालाइ नै रहेकाे आस्वासन पाएकाे उनले बताए ।

जिल्ला खाध्य अधिकार संजाल बाजुराले जिल्लाको समसामुहीक बिषयमा बिगत लामो समय देखी सम्बन्धीत निकायको ध्यानाकर्षण गराउने कार्य गर्दै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार