शनिबार, असार १३, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • आजको मौसम : पहाडी भूभागमा आंशिक बदली

आजको मौसम : पहाडी भूभागमा आंशिक बदली

  • बुधबार, पुस ११, २०८०
सेयर गर्नुहोस् :
आजको मौसम :  पहाडी भूभागमा आंशिक बदली

जल तथा मौसम विज्ञान विभागले देशमा हाल उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै, आज दिउँसो र राति पनि कोशी, बागमती र गण्डकीका केही भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहने विभागले जनाएको छ ।

देशभरिको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक उपाय अपनाउन विभागले सबैमा अनुरोध गरेको छ । तापक्रम घटेकाले काठमाडौँमा दिउँसो घाम लागे पनि बिहान र बेलुका बढी जाडो महसुस गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार