शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • समाचार
  • सर्वोच्चको न्यायाधीशमा सिफारिस ६ जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन

सर्वोच्चको न्यायाधीशमा सिफारिस ६ जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन

  • बुधबार, पुस ४, २०८०
सर्वोच्चको न्यायाधीशमा सिफारिस ६ जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन

काठमाडौँ– सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छ जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ।

समितिको बुधबार बसेको बैठकले न्यायाधीशमा सिफारिस भएका ६ जनाकै नाम अनुमोदन गरेको हो।

न्यायपरिषद्ले गत मंसिर ५ गते सर्वोच्च अदालतका छ जना न्यायाधीश सिफारिस गरेको थियो। त्यसपछि उनीहरूको संसदीय सुनुवाइ भएको थियो।

सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौड्याल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम नियुक्तका लागि सिफारिस भएको थियो।

चर्चामा

सम्बन्धित समाचार