शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • आजको मौसम : चिसोबाट बच्न मौसम विभागको अनुरोध

आजको मौसम : चिसोबाट बच्न मौसम विभागको अनुरोध

  • मङ्लबार, पुस ३, २०८०
आजको मौसम : चिसोबाट बच्न मौसम विभागको अनुरोध

जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । विभागका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ । तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने छ । देशको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ । आज सूर्योदय बिहान ६ बजेर ४९ मिनेट र सूर्यास्त साँझ ५ बजेर १२ मिनेटमा हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार