शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • समाचार
  • दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिट फिर्ता लिन सर्वोच्चमा निवेदन

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिट फिर्ता लिन सर्वोच्चमा निवेदन

  • आइतवार, मंसिर १०, २०८०
दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिट फिर्ता लिन सर्वोच्चमा निवेदन

काठमाडौँ — मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई बन्दी बनाइएको भन्दै दायर रिट फिर्ता लिन सर्वोच्चमा निवेदन परेको छ ।

दुर्गा प्रसाईंको हकमा रिट निवेदन दिएका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले रिट फिर्ताका लागि निवेदन दिएका हुन् ।

सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेकाअनुसार वरिष्ठ अधिवक्ता भण्डारीले प्रसाईं अहिले बाहिर कार्यक्रममा गइसकेको र घरमा धरपकड नभएको भन्दै रिटको औचित्य सकिएकाले फिर्ताका लागि निवेदन दिएका थिए ।

रिट फिर्ताका लागि निवेदन दिएको भएपनि सर्वोच्चका न्यायाधीश डा.कुमार चुडालको इजलासमा उक्त रिटमाथि सुनुवाइ भइसकेको छ । सुनुवाइ सकिएको र औचित्य सकिएकाले रिट खारेज हुने र निवेदकले नै फिर्ताका लागि निवेदन दिएकाले माग बमोजिम हुने गरी उक्त रिटमा आदेश हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार