• होमपेज
  • सुचना प्रबिधी
  • टिकटक बन्द गर्ने निर्णयविरुद्ध रिटको सुनुवाइ न्यायाधीश विनोद शर्माको इजलासमा

टिकटक बन्द गर्ने निर्णयविरुद्ध रिटको सुनुवाइ न्यायाधीश विनोद शर्माको इजलासमा

  • मङ्लबार, मंसिर ५, २०८०
टिकटक बन्द गर्ने निर्णयविरुद्ध रिटको सुनुवाइ न्यायाधीश विनोद शर्माको इजलासमा

काठमाडौँ– सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइका लागि आज पनि पेसी तोकिएको छ ।

आज सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासमा पेसी तोकिएको हाे । यसअघि हिजो न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको पेसी हेर्न नभ्याइनेमा परेको थियो ।

सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले उत्प्रेषणको आदेशबाट सरकारको निर्णय बदर गरी पूर्ववत् अवस्थामा टिकटक चल्न दिन अन्तरिम आदेशको माग गर्दै रिट दायर गरेका थिए ।

सरकारको निर्णय गैरकानुनी एवं गैरसंवैधानिक, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको समेत रिटमा उल्लेख गरिएको छ ।

गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सद्भाव बिगारेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार