शुक्रबार, माघ ११, २०८१
  • होमपेज
  • समाचार
  • सरकारी कागजातमा अब नेपाल संवत् पनि उल्लेख गरिने

सरकारी कागजातमा अब नेपाल संवत् पनि उल्लेख गरिने

  • सोमवार, कार्तिक २७, २०८०
सरकारी कागजातमा अब नेपाल संवत् पनि उल्लेख गरिने

काठमाडौं— सरकारले नेपाल संवत् ११४४ देखि विक्रम संवत उल्लेख गरिने सरकारी कागजातमा नेपाल संवत्‌समेत उल्लेख गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

त्यस्तै सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडित परिवारलाई दिने भनिएको तत्काल ५० हजार रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय गरेको छ । सरकारका प्रवक्ता रेखा शर्माले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडित परिवारलाई राहतस्वरुप ५० हजार रुपैयाँ दिने निर्णय गरेको जानकारी दिइन् । उनले पीडितहरुको अस्थायी बसोबासका लागि प्रयोग हुनेगरी तत्काल ५० हजार रुपैयाँ दिने निर्णय भएको पनि जनाइन् ।

संसद्‌को राज्य व्यवस्था समितिले समेत भूकम्प प्रभावित क्षेत्रको अवलोकन र पीडितका गुनासा सुनेर फर्किएपछि प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको थियो । समितिले तत्काल सहयोग गर्न र राहत पुर्याउन सरकारलाई निर्देशन दिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार