• होमपेज
  • समाचार
  • तिहार बिदामा पनि सर्वोच्च अदालत खुला रहने

तिहार बिदामा पनि सर्वोच्च अदालत खुला रहने

  • आइतवार, कार्तिक २६, २०८०
तिहार बिदामा पनि सर्वोच्च अदालत खुला रहने

काठमाडौँ– सर्वोच्च अदालतले तिहार बिदामा पनि अत्यावश्यक सेवा दिने भएको छ । सो अवधिमा बन्दी प्रत्यक्षीकरण, निवेदन दर्ता लगायतका कामका लागि सेवा खुला गर्ने सर्वोच्चले जनाएको छ ।

सर्वोच्चले आजदेखि कात्तिक ३० गतेसम्मका लागि न्यायाधीशहरूलाई जिम्मेवारी समेत तोकेको छ । सर्वोच्चका अनुसार आजको जिम्मेवारी न्यायाधीश प्रकाशमान सिंह राउतलाई परेको छ ।

यस्तै, कात्तिक २७ गते न्यायाधीश सपना प्रधान मल्ल, कात्तिक २८ गते न्यायाधीश हरिप्रसाद फुयाँल र कात्तिक ३० गते न्यायाधीश कुमार रेग्मीलाई जिम्मेवारी तोकिएको छ । कात्तिक २९ गते भाइटीकाको दिन भने अदालत बन्द रहनेछ ।

सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणका लागि बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म इजलास रहनेछ ।

चर्चामा

सम्बन्धित समाचार