• होमपेज
  • समाचार
  • मुस्ताङमा हिउँचितुवाको आक्रमणले गोठै रित्तियो, ७७ च्याङ्ग्रा मरे

मुस्ताङमा हिउँचितुवाको आक्रमणले गोठै रित्तियो, ७७ च्याङ्ग्रा मरे

  • शनिबार, कार्तिक २५, २०८०
मुस्ताङमा हिउँचितुवाको आक्रमणले गोठै रित्तियो,  ७७ च्याङ्ग्रा मरे

पोखरा —उत्तरी मुस्ताङको ढाकमारमा हिउँ चितुवाको आक्रमणबाट झन्डै सय च्याङ्ग्रा मरेका छन् । लोघेकर दामोदरकुण्ड गाउँपालिका २ मा पर्ने उक्त गाउँमा किसानको गोठमै छिरेर च्याङ्ग्रालाई आक्रमण गरेको हो ।

‘७७ वटा गोठमै मरेका छन् । ३ वटा घाइते छन् । बाँच्ने अवस्था छैन,’ स्थानीय छिरिङ गुरुङले भने, ‘साह्रै ठुलो क्षति भयो ।’ ४ वटा चितुवा एकै पटक छिरेर आक्रमण गरेको उनको भनाई छ ।

स्थानीय मिङ्मर गुरुङको ३० लाख भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । तरबार सहितको खोरमा छिरेर आक्रमण गरेको मुस्ताङ प्रहरी प्रमुख भोज पाण्डेले बताए ।

‘गोठमा ८० वटा च्याङ्ग्रा रहेछ । सबैजसो क्षति भएको छ,’ उनले भने, ‘राती नै चितुवा पसे पनि बिहान मात्रै थाहा भएको रहेछ ।’ घटनास्थलमा जनप्रतिनिधि र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका प्रतिनिधि जाँदै छन् । हिउँचितुवाको आक्रमणले क्षति भएको यो सबैभन्दा ठुलो सङ्ख्या हो ।

चर्चामा

सम्बन्धित समाचार