सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • देश
  • धार्मिक तथा पर्यटकिय स्थलको प्रवद्र्धन र संरक्षणका लागि मौरे धाममा संयुक्त बैठक

धार्मिक तथा पर्यटकिय स्थलको प्रवद्र्धन र संरक्षणका लागि मौरे धाममा संयुक्त बैठक

  • शुक्रबार, अशोज १९, २०८०
धार्मिक तथा पर्यटकिय स्थलको प्रवद्र्धन र संरक्षणका लागि मौरे धाममा संयुक्त बैठक

बाजुरा — बुढिगंगा नगरपालिका र त्रिवेणी नगरपालिका कार्यपालिकाको संयुक्त बैठक सम्पन्न भएको छ । नगरपालिकामा रहेका विभिन्न धार्मिक तथा पर्यटकिय स्थलहरुको प्रवद्र्धन र संरक्षण गरि दुई नगरबिचको आपसी समझदारीका लागि मौरे सिवालयमा बसेको हो ।

नगरपालिकालाई जोड्ने सिमा जोडिएर मात्रै नभई नगरबिच आपसी सदभाव, भाईचारा सम्बन्ध कायममा गरि हरेक विषयमा संगै सहकार्य गरेर अगाडी बढ्ने उदेश्यका साथ संयुक्त बैठक बसेको बुढिगंगा नगरपालिकाले जनाएको छ । नगर-नगरबिच बसेको संयुक्त बैठक ऐतिहासिक भएको भन्दै सो बैठकमा ७ वटा महत्वपूणर् निणर्य गरिएको बुढिगंगा नगर प्रवक्ता हेमराज जोशीले बताएका छन ।

संयुक्त बैठकमा ऐतिहासिक तथा धार्मिक महत्व बोकेको मौरे त्रिवेणी शिव धामको प्रवद्र्धन गर्न दुवै नगरपालिकाको पहलमा विस्तृत योजना बनाई संरक्षणका लागि संघ प्रदेश लगायतका निकायमा पहल गर्ने निणर्य गरेको छ । सो धामको प्रवद्र्धनका लागि चालु आर्थिक बर्षमा त्रिवेणीबाट ५० लाख र बुढिगंगाबाट ५० लाख बजेट विनियोजन गरि संयुक्त रुपमा मन्दिर निर्माण गर्नुका साथै संरक्षण र व्यवस्थापन गर्न निणर्य गरिएको त्रिवेणी नगरपालिका नगरप्रमुख कणर् थापाले बताएका छन ।

त्यस्तै नाटेश्वरी धार्मिक तथा पर्यटकिय क्षेत्रको विकास, संरक्षण र प्रवद्र्धन गर्न संयुक्त विस्तृत योजना कार्यन्वयका लागि संघ, प्रदेश सरकारमा पहल गर्ने निणर्य भएको नगरप्रमुख थापाले बताए । सो बैठकमा देशकै धार्मिक तथा पर्यटकिय क्षेत्रको धरोहर बडिमालिकाको विकास, संरक्षण र प्रवद्र्धनका लागि दुवै नगरपालिकाले संयुक्त जिल्ला सभा गरि संघ, प्रदेश र सम्बन्धित निकायमा संरक्षित क्षेत्र बनाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न आवश्यक पहल गर्ने निणर्य गरिएको बुढिगंगा नगरप्रमुख राम बहादुर बानियाले बताए ।

साथै गत मंगलबार गएको भुकम्पले दुवै नगरपालिकामा पुर्याएको क्षतिको विवरण संकलन गरि राहत तथा पुर्नस्थापनाका लागि सम्बन्धित निकायमा पहल गर्न निणर्य गरेको छ ।

नगरहरुबिच बसेको संयुक्त बैठकमा बुढिगंगा नदिमा स्थायी पुलको संरचना कार्य थालनी हुने भएकाले छेडेखोला मौरे सडक खण्डमा अवरोध भएमा सो अवरोध हटाउन दुवै नगरपालिकाबिच सहजिकरण गर्ने लगायतका निणर्य गरेको छ ।

त्रिवेणी नगरपालिका नगर प्रमुख कर्ण बहादुर थापाको अध्यक्षतामा सञ्चालन भएको संयुक्त बैठकमा प्रमुख अथिति बुढिगंगा नगरप्रमुख राम बहादुर बानिँया, बिशिष्ट अथिति उपप्रमुख माया कुवर, कार्यपालिका सदस्य, वडा अध्यक्ष, प्रमुख प्रसाशकिय अधिकृतलगातको उपस्थिति रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार