शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • देश
  • भुकम्पका कारण खप्तड छेडेदहमा ३ हजार बढी घर चर्कीए, २ सय ८६ घर पूर्णरुपमा क्षति

भुकम्पका कारण खप्तड छेडेदहमा ३ हजार बढी घर चर्कीए, २ सय ८६ घर पूर्णरुपमा क्षति

  • बिहिबार, अशोज १८, २०८०
भुकम्पका कारण खप्तड छेडेदहमा ३ हजार बढी घर चर्कीए, २ सय ८६ घर पूर्णरुपमा क्षति

टेक बहादुर बुढा, बाजुरा — असोज १६ गते दिउँसो बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु बनाएर गएको भुकम्पका कारण बाजुराको खप्तड छेडेदह गाउँपालिकामा ठुलो मात्रामा क्षति गरेको छ । भुकम्पबाट गाउँपालिकाका ७ वटै वडामा २ सय ८६ घरमा पूणर् रुपमा क्षति गरेको गाउँपालिकाले जनाएको छ ।

पालिकाको वडा नंः १ मा २५ घर, वडा नंः २ मा १० घर, वडा नंः ३ मा ४० घरमा पूणर्रुपमा क्षति भएको गाउँपालिका अध्यक्ष दिल बहादुर रावतले बताएका छन । त्यस्तै वडा नंः ४ मा ३२ घर, वडा नंः ५ मा १ सय २० घर, वडा नंः ६ मा ३८ घर र वडा नंः ७ मा २१ घरहरुमा पूणर् रुपमा क्षति भएको सूचना अधिकारी मिरा जोशीले बताएकी छन । त्यस्तै भुकम्पबाट गाउँपालिकाभर ५ सय ६१ घरहरु चर्केर जोखिम पूणर् बनेका सूचना अधिकारी जोशीले बताइन् । त्यसै गरि गाउँपालिका भरि २ हजार ७ सय ८१ घरहरुमा सामान्य क्षति भएको उनले बताइन् ।

भुकम्पका कारण गाउँपालिकाको वडा नंः ५ मा एक बाख्रा र एक भौसी समेत मरेका छन । उक्त भुकम्पबाट गाउँपालिकाभर १५ वटा सरकारी संरचनामा क्षति भएको गाउँपालिकाले जनाएको छ । खप्तड छेडेदह गाउँपालिका वडा नंः २ मा रहेको देवस्थली माविको भवन भत्किएको छ भने सोहि वडामा रहेको मालिका माविको भवन चर्केको छ ।

त्यस्तै वडा नंः ४ को खापरदेवस्थली मावि र जिउलेख आधारभूत विद्यालयका २ कोठे भवन भत्केको छ भने सोहि वडाको वडा कार्यालयको भवन चर्केको वडा अध्यक्ष दल बहादुर धामीले बताएका छन । उक्त वडामा रहेको दौनागिरि आधारभूत विद्यालयको खाजा घर भत्किएको छ भने सोहि वडामा रहेको छेडेदह बचत तथा सहकारी संस्थामा समेत क्षति भएको वडा अध्यक्ष धामीले बताए ।

त्यस्तै वडा नंः ५ का वडी आधारभूत विद्यालय, शैलेश्वरी आविको भवन चर्केका छन भने घाटलमान्डु आधारभुत विद्यालयको भवन पनि भत्किएको छ । सोहि वडामा रहेको मष्टेश्वरी माविको भवन तथा खेलमैदान चर्किएको विद्यालयले जनाएको छ ।

भुकम्पका कारण वडा नंः ६ मा रहेको ब्रहमदेव आधारभुत विद्यालयको भवन चर्केको र वडा नंः ७ को मष्टा आवि र दशरथ माविको  भवन भत्किएको छ । त्यस्तै भुकम्पबाट गाउँपालिकाको कृषि तथा पशु सेवा केन्द्रको पुरानो भवन भत्केको गाउँपालिकाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार