शुक्रबार, जेष्ठ ११, २०८१
  • होमपेज
  • देश
  • मुख्यमन्त्रीले ३ गते मागे, उपसभामुखले ४ गते तोकि दिइन्

मुख्यमन्त्रीले ३ गते मागे, उपसभामुखले ४ गते तोकि दिइन्

  • शुक्रबार, भदौ १, २०८०
मुख्यमन्त्रीले ३ गते मागे, उपसभामुखले ४ गते तोकि दिइन्

 कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले ४ गते सोमबार विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री थापाले ३ गते आइतबार विश्वासको मत लिने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका थिए ।

तर उपसभामुख सृजना दनुवारले ४ गते १ बजेको बैठकमा पेश गर्न तोक लगाएकी छन् ।

आफूले ३ गते प्रस्ताव गरे पनि उपसभामुखले ४ गतेका लागि समय दिएको मुख्यमन्त्री थापाले बताए ।

प्रदेशसभा नियमावलीको १२८ को १ मा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव पेश गर्न सूचना दिने व्यवस्था छ भने ३ मा प्रदेश सचिवले सभामुखसमक्ष सूचना पेश गर्ने र सभामुखले विश्वासको मत लिने दिन र समय तोक्ने भनिएको छ ।

सोही व्यवस्था अनुसार उपसभामुखले विश्वासको मत लिनका लागि ४ गते दिउँसो १ बजेका लागि तोकेको मुख्यमन्त्री थापाले जानकारी दिएका थिए । ‘मैले ३ गतेका लागि सूचना दिएको थिएँ’ उनले भने, ‘सभामुखलाई समय तोक्ने अधिकार छ, उहाँको ४ गतेका लागि तोक्नु भयो ।’

साउन १६ गते नियुक्त भएका मुख्यमन्त्री थापाले भदौ १३ गते भित्र विश्वासको मत लिनुपर्नेछ ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । मुख्यमन्त्री उद्धव थापाको नेतृत्वमा सरकारलाई कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाको एक गरी ४७ सांसदको समर्थन छ ।
उनको विपक्षमा एमालेका ३९ ९उपसभामुख बाहेक० र राप्रपाका ६ जना सांसद छन् ।

चर्चामा

सम्बन्धित समाचार