सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • देश
  • डमरुप्रसाद निरौलासहित २० जना उपसचिव र १८ शाखा अधिकृतको सरुवा

डमरुप्रसाद निरौलासहित २० जना उपसचिव र १८ शाखा अधिकृतको सरुवा

  • बुधबार, साउन २४, २०८०
डमरुप्रसाद निरौलासहित २० जना उपसचिव र १८ शाखा अधिकृतको सरुवा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दमकका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलासहित २० जना उपसचिव र १८ जना शाखा अधिकृतको सरुवा गरेको छ ।

निरौला टिकटक लाइभमा एक महिलासँग देखिएपछि विवादमा तानिएका थिए । उनी मन्त्रालयको अतिरिक्त समूहमा तानिएका छन् । उनको स्थानमा तारकेश्वर नगरपालिकामा रहेका गणेशराज कार्कीलाई पठाइएको छ ।

मन्त्रायले शाखा अधिकृतहरुको पनि सरुवा गरेको छ । सरुवा भएका धेरैजसोलाई तराई मधेशका स्थानीय तहहरुमा खटाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार