आइतवार, मंसिर २३, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • ट्वीटरमा अब फेसबुक जस्तै लाइभ गर्न मिल्न‍े

ट्वीटरमा अब फेसबुक जस्तै लाइभ गर्न मिल्न‍े

  • आइतवार, साउन २१, २०८०
ट्वीटरमा अब फेसबुक जस्तै लाइभ गर्न मिल्न‍े

ट्वीटर (एक्स)मा फेसबुकमा जस्तै लाइभ गर्न मिल्ने भएको छ । ट्वीटरका मालिक एलन मस्कले आज आफै लाइभमा आएर यस्तो घोषणा गरेका हुन् । नेपालबाट समेत लाइभ गर्न सकिएको छ ।

कसरी गर्ने लाइभ ?

लाइभ गर्न ट्वीटर एपमा गएर नयाँ पोस्ट गर्ने ठाउँ प्लस आइकनमा क्लिक गर्नुपर्छ । त्यसपछि आउने स्पेसेस, फोटोज, गिफ र पोस्टमध्ये पोस्ट गर्ने अप्सनमा क्लिक गर्नुपर्छ ।

पोस्टमा क्लिक गरेपछि त्यहाँ क्यामेरा जस्तो देखिने आइकन छ । त्यसमा क्लिक गरेपछि फोटो, भिडियो र लाइभ जान सकिने भनेर देखाउँछ र कन्ट्युन्यू गरेपछि त्यहाँ भिडियो, क्याप्चर र लाइभ भन्ने अप्सन देखिन्छ । त्यसपछि जोकोही पनि ट्वीटरबाट लाइभ गर्न सक्ने छन् ।

यो फिचरका लागि अटो अपडेट भएको छैन भने एक्सको एप अपडेट गर्नुपर्ने हुन्छ । उनले ट्वीटरमा भनेका छन्, ‘लाइभ भिडियो अब राम्रोसँग काम गरिरहेको छ। मात्र तपाईले क्यामेराको आइकन भएको ठाउँमा क्लिक गर्नुपर्नेछ।’

यसघि एलन मस्कले ट्वीटरको लोगो चरालाई हटाएर एक्स राखेका थिए ।

चर्चामा

सम्बन्धित समाचार