बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • देश
  • दाङ र बाँकेको सिमानामा पर्ने शिव खोलामा ट्रक दुर्घटना

दाङ र बाँकेको सिमानामा पर्ने शिव खोलामा ट्रक दुर्घटना

  • बुधबार, साउन ३, २०८०
दाङ र बाँकेको सिमानामा पर्ने शिव खोलामा ट्रक दुर्घटना

काठमाडौं —  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङ र बाँकेको सिमानामा पर्ने शिव खोलाको पुलबाट ट्रक तल खसेको छ ।

रुपन्देहीको भैरहवाबाट बाँकेको नेपालगन्जतर्फ जाँदै गरेको लु १ ख ८६०९ नम्बरको ट्रक आज (बुधबार) बिहान ४ः३० बजे दुर्घटना भएको हो ।

चालक ट्रकमा च्यापिएको र उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ । ट्रक पुलको रेलिङ भाँच्दै खोलामा खसेको छ । नेपाल प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार