शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • देश
  • ६ महिनादेखि अबरुद्ध बार्जुगाड लघुजलविद्युतको नियमित सेवा सुचारु

६ महिनादेखि अबरुद्ध बार्जुगाड लघुजलविद्युतको नियमित सेवा सुचारु

  • शुक्रबार, असार २९, २०८०
६ महिनादेखि अबरुद्ध बार्जुगाड लघुजलविद्युतको नियमित सेवा सुचारु

टेकबहादुर बुढा, बाजुरा —  खप्तड छेडेदह गाउँपालिका ३ र ४ को बार्जुगाड लघुजलविद्युतको नियमित सेवा सुचारु भएको छ । गत माघ महिनामा विद्युतको ब्यारिङ बिग्रीएर अबरुद्ध भएको विद्युत प्रसारण सेवा विहिबारबाट नियमित सुचारु भएको वडा नं ३ का वडा अध्यक्ष विर्क रावतले बताएका छन ।

विद्युत समितिको चरम लापरवाही र सरोकारवालाहरुको वेवस्ताका कारण पटकपटक ब्यारिङ बिग्रिनुका साथै नहर गएर बिद्युत सेवा अबरुद्ध हुदै आएको थियो । अहिले विद्युतको पुरानो समितिलाई यथावत राख्दै विद्युतको जिम्मा सहकारीलाई दिइएको छ । बार्जुगाड लघुजलविद्युतको पुनःनिर्माणको जिम्मा भने बैकल्पिक उर्जाले लिएको बताइएको छ ।

उक्त विद्युतको पुनः निर्माणका लागि बैकल्पिक उर्जाको करिब ६० र गाउँपालिकाको १३ लाखको लगानीमा विद्युतको सम्पुर्ण सामाग्री नयाँ खरिद गरी विद्युत सेवा नियमित सुचारु गरिएको वडा अध्यक्ष रावतले बताएका छन । करिब ६ महिनासम्म विद्युत निर्माणका लागि रातदिन नभनेर खटिएको र अहिले बल्ल बिजुली बाल्न सफल भएको वडा अध्यक्ष रावतले बताएका छन ।

वडा अध्यक्ष रावतले भने विविध समस्याका कारणले पटकपटक अबरुद्ध हुने गरेको विद्युत सेवाको लाखौ बजेटको लगानीमा पुनः निर्माण भएस‌गै अबदेखि नियमित सुचारु हुने बताए । उक्त लागतले विद्युतको ठाउँठाउँमा अबरुद्ध नहर बनाउनुका साथै मेसिनसमेत नयाँ खरिद गरेको छ ।

बार्जुगाड लघुजलविद्युतलाई सञ्चालन गर्नका लागि बार्जुगाड लघुजलविद्युत संस्था लिमिटेड स्थापना गरी समिति गठन गरेर सहकारीको जिम्मा दिइएको छ । विगतका दिनहरुमा बर्षायममा नहर गएर विद्युत अबरुद्ध हुन्थ्यो भने हिउँदको समयमा कहिले पानी नपुग्ने तथा कहिले मेसिन बिग्रिएर विद्युत सेवा अबरुद्ध हँदा स्थानीयहरुले अध्यारोमै रात काट्नु पर्ने बाध्यता रहदै आएको थियो ।

अब भने विद्युतको पुनः निर्माण भएसंगै आफ्नो कार्यकालसम्म नागरिकहरुले अध्यारोमा बस्नुपर्ने बाध्यता हटेको वडा अध्यक्षहरुले विश्वास दिलाएका छन । लामो समयदेखि पटकपटक विद्युत अबरुद्ध हुदाँ अध्यारोमै रात बिताउन बाध्य भएका स्थानीय खुसी हुनुका साथै विद्युत दिगो हुने समेत विश्वास व्यक्त गरेका छन ।

लामाे समयदेखि अबरुद्ध भएकाे विदुत वडा न‌ः ३ धनाल्त र ४ न‌म्बर वाहेक अन्य वस्तिमा विजुली  बलीसकेकाे वडा नः ४ का अध्यक्ष दल बहादुर धामीले बताएका छन । वडा न‌ः ३ काे धनाल्त र ४ न‌म्बर वडामा विद्धुत लाइन ग्याप भएकाले विस्तार गर्ने काम भइरहेकाले त्याहा पनि केहि दिनमा बत्ती बल्ने वडा अध्यक्ष धामीले बताए ।

बार्जुगाड लघुजलविद्युतको प्रसारण सेवा गाउँपालिकाको वडा नंः ३ र ४ का करिब ७ सय ५४ घरधुरीसम्म रहेको छ । बार्जुगाड लघुजलविद्युत आयोजनाको नौ बर्ष अगाडी २०७१ सालमा करिब ४० किलोवाट बिजुली उत्पादन गर्न गरी विद्युत प्रवाह सुरु गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार