सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • देश
  • सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत एक लाख घुससहित पक्राउ

सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत एक लाख घुससहित पक्राउ

  • बुधबार, असार २७, २०८०
सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत एक लाख घुससहित पक्राउ

जनकपुरधा —  सडक डिभिजन कार्यालय लहान सिरहाका लेखा अधिकृत पदम विनोद पोखरेल एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले उनलाई सेवाग्राहीबाट लिइरहेको एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानीको प्रयोजनका लागि सेवाग्राहीबाट माग गरिरहेको पूर्वसूचनाको आधारमा अधिकृत पोखरेललाई रंगेहात पक्राउ गरेको अख्तियारको सहप्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

उनीमाथि थप अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार