बिहिबार, जेष्ठ १०, २०८१
  • होमपेज
  • देश
  • मुख्यमन्त्री कार्कीद्वारा खाद्यान्न अभाव झेलेका दुई बालबालिकालाई १० हजार सहयोग

मुख्यमन्त्री कार्कीद्वारा खाद्यान्न अभाव झेलेका दुई बालबालिकालाई १० हजार सहयोग

  • बिहिबार, असार २१, २०८०
मुख्यमन्त्री कार्कीद्वारा खाद्यान्न अभाव झेलेका दुई बालबालिकालाई १० हजार सहयोग

विराटनगर –  बाबुआमाको अभावमा खाद्यान्न अभावको समस्यामा परेका सुर्खेत स्थित बराहताल– ५ का दुई जना नाबालक कल्पना विक र उनका भाइ निखिल विकलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले १० हजार रुपियाँ सहयोग गरेका छन् ।

घरमा चामल सकिएपछि कारागारमा आमाबाबुसँग माग्न दिदीलाई पुगेको आशयका समाचारहरू बाहिरिएपछि मुख्यमन्त्री कार्कीले दुई बालबालिकालाई सहयोग गरेका हुन् ।

पीडित बालबालिका बुबा कवि विक र आमा मनीषा विक चार लाख रुपैयाँ धरौटी बुझाउन नसक्दा मानव बेचबिखनको आरोपमा सुर्खेत जिल्ला कारागारमा बन्दी जीवन बितारइरहेका छन् ।

पीडित बालबालिकाको न्यायका लागि आफ्नो तर्फबाट थप सहयोगका साथै उनीहरूको बुबाआमाका लागि आवश्यक पर्ने धरौटी रकम जुटाउन आवश्यक पहल गर्ने पनि मुख्यमन्त्री कार्कीले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार