बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • समाचार
  • पाँचथरमा बाढीले बगाउँदा ६ जना बेपत्ता, हेवा खोलासहित पाँच पुल बगे

पाँचथरमा बाढीले बगाउँदा ६ जना बेपत्ता, हेवा खोलासहित पाँच पुल बगे

  • आइतवार, असार ३, २०८०
पाँचथरमा बाढीले बगाउँदा ६ जना बेपत्ता, हेवा खोलासहित पाँच पुल बगे

पाँचथर– पाँचथरमा गएरातिको अविरल वर्षासँगै आएको बाढीले बगाउँदा ६ जना बेपत्ता भएका छन् । हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम १० का सन्जोग लोवासहित सहित ६ जना बेपत्ता भएका हुन् । तामाङ र लोवा स्थानीय हेवा ए जलविद्युत् आयोजनामा कार्यरत थिए।

No description available.

यस्तै, फिदिम–४ माझीटारमा बोत्तल हाउस सञ्चालन गरेर बसेका आशिष र एलिसा माझी, फिदिम– ४ हेवा खोलामा गिटी कुटेर गुजारा चलाँउदै आएका एक र फालेलुङ– ३ का एक गरी ६ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

बाढीले ९ वटा घर बगाएको विवरण प्राप्त भएको प्रहरीको भनाइ छ । बाढीबाट ठूलो भौतिक क्षति भएको हुनसक्ने प्रहरीको अनुमान छ । बाढीले जिल्लाका पाँच वटा पुल बगाएको छ । मेची राजमार्ग अन्तर्गत पाँचथर र ताप्लेजुङ जाने बाटोमा पर्ने हेवा खोला पुल, फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा दुइवटा मोटरेवल र एउटा झोलुङगे पुल बगाएको प्रहरीले जनाएको छ । याङवरक गाउँपालिका ३ र २ मा ठूलो परिमाणमा घर बगाएको भएपनि क्षतिको विवरण यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार