बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • समाचार
  • बाढी पहिरोले ताप्लेजुङका सिदिङवा र सिरिजंगामा क्षति

बाढी पहिरोले ताप्लेजुङका सिदिङवा र सिरिजंगामा क्षति

  • शुक्रबार, असार १, २०८०
बाढी पहिरोले ताप्लेजुङका सिदिङवा र सिरिजंगामा क्षति

बाढी पहिरोले ताप्लेजुङका सिदिङवा र सिरिजंगा गाउँपालिकामा क्षति पुर्याएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता कुशराम कार्कीले काबेली खोलाले सिदिङवा र सिरिजंगा गाउँपालिका क्षति पुर्याएको अपुष्ट सूचना आएको जानकारी दिए । ‘स्थानीयले बाढीले क्षति पुर्यायो भनेर भनेका छन्, हामी स्थानीय प्रहरीबाट पुष्टि गर्न खोजिरहेका छौं,’ कार्कीले भने ।

स्थानीयका अनुसार बुधबार बेलुकादेखि नै ताप्लेजुङमा वर्षा भएको थियो । बिहीबार राति करिब १० बजे ठूलो बाढी नै आयो । वर्षा र बाढीले सुरुमखिम–खेवाङ–याम्फुदिन जोड्ने मोटरेबल पुलको एकातर्फको भाग भत्काएको छ । यो पुल गत जेठमा मात्रै उदघाटन गरिएको थियो ।बाढीले काबेली हाइड्रो पावरको गोदाममा राखिएका सामानसमेत बगाएको छ । ठाउँ–ठाउँमा पहिरो र बाढीले बाटो अवरुद्ध भएकाले सवारी साधन पनि सन्चालन हुन सकेका छैनन् ।

कञ्चनजंघा मावि, याम्फुदिन प्रहरी चौकी र केही स्थानीयका घर जोखिममा छन् । जोखिम महसुस भएपछि स्थानीयवासी आफ्ना सामान बोकेर सुरक्षित स्थानमा गइरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार